आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

ऐरावती गाउँपालिकाले शुरु गर्यो जिल्लामै पहिलो पटक टेलिमेडिसिन सेवा


सागर रिजाल
प्युठान,२१ बैशाख
प्युठानको ऐरावती गाउँपालिकाले जिल्लामै पहिलोपटक टेलीमेडिसिन सेवा सुरु
शुरु गरेको छ । ऐरावती गाउँपालिका र एसके फाउण्डेसन ( ASK Foundations  )  बिच सम्झौता भई शनिवारदेखि सेवा सुचारु गरिएको हो । पालिकाका ६ वटा स्वास्थ्य चौकी रहेकोमा हाँल बरौंला स्वास्थ्य चौकीबाट यो सेवासेवा शुरु गरिएको छ । ऐरावती गाउँपालिका वडा नंम्बर ५ वालिविसौनाका सुवास शाहि र कन्चनपुरका विशिष्ट भट्ट लगाएतका व्यक्तिहरुको समन्वयमा यो सेवा सुचारु गरिएको पालिकाले जनाएको छ ।
पहिलो दिन ४ जनाले सो सेवा लिए
शनिवार ४ जनाले सेवा लिएका छन् । जनरल फिजिसियन डाक्टर मुकुल ढकालले सेवा दिएका थिए । उपचारको लागि आएका ऐरावती गाउँपालिका –२ का ४९ वर्षिय पदम वि क ले भिडियो मा हेरेर डाक्टर सँग आफ्ना कुरा राख्न पाएको र नजिकैबाट उपचार पाएकोमा खुशि व्यक्त गरे । बरौला स्वास्थ्य चौकीका ईन्चार्ज वालगोपाल श्रेष्ठले सहजीकरण गरेका थिए । उनले भिडियो कल मार्फत चिकित्सकको प्रत्यक्ष निगरानीमा चेकजाँच गरि प्राप्त नतिजा चिकित्सकलाई जानकारी गराउने र चिकित्सको सल्लाह अनुसार विरामीको मेडिकल प्रिस्क्रिप्सन तयार गर्ने र सोहि बमोजिमको औषधिका लागि सिफारिस गर्ने गरेका थिए ।


आर्थिक स्थिती कमजोर भएका बिरामीलाई सहज
विशेषज्ञ सेवाको पहुँचबाट टाढा रहेका र आर्थिक स्तर कमजोर भएका विरामीहरुलाई उपचार गर्नका लागि फलदायि हुने गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिए । उनले भने,–‘ यस सेवाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै जानेछ । ’ प्रविधिको प्रयोगले विशेषज्ञ सेवालाई दुरदराजका वस्तीहरुमा पहुँच पुग्नुले प्रविधिको सहि प्रयोग भएको आभास भएको उनले बताए । उनले भने,–‘ बरौला स्वास्थ्य चौकीबाट शुरु गरिएको सेवालाई आगामि दिनमा गाउँपालिकाका सबै स्वास्थ्य चौकीहरुमा विस्तार गर्दै जाने पालिकाले योजना बनाएको छ । ’

हाँल यो सेवा सुचारु गर्न तत्काल समन्वय गर्ने ऐरावती गाउँपालिका वडा नंम्बर ५ वालिविसौनाका सुवास शाहि र कन्चनपुरका विशिष्ट भट्ट तथा सम्पुर्ण परिवारलाई गाउँपालिका अध्यक्ष शाहले धन्यवाद व्यक्त गरेका थिए ।
शनिवार २ घण्टा यो सेवा
हाँललाई यो सेवा नियमित रुपमा शनिवार दिउसो २ घण्टा संचालन गरिने छ । उक्त सेवा संचालनका लागि एसके फाउण्डेसन ( ASK Foundations  )  र गाउँपालिका बिच २०७६ बैशाख ६ गते सम्झौता भएको थियो । वैशाख ७ गतेदेखि नै सेवा सुरु गर्ने लक्ष्य रहेतापनि प्राविधिक कारणवस दुई हप्ता पछि सेवा सुचारु भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुनसेन ओलीले जानकारी दिए । हाँल  फाउण्डेसन बाट निशुल्क रुपमा सेवा प्रदान गर्नुभएकोले शुन्य लागतमा सेवा सुरु भएको उनले जानकारी दिए ।
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि हुने अपेक्षा
गाउँपालिकाले यो सेवाबाट बिरामीहरुमा विशेषज्ञ सेवाको पहुँच बढ्नुसंगै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि हुने अपेक्षा लिएको छ । केहि सिकौं र गरौं भन्ने स्वास्थ्य कर्मीका लागि सुनौलो अवसर रहेको प्रमुख प्रशासकिय अधिकृत ओलीले बताए । यो सेवालाई प्रभावकारी बनाउन दु्रत गतिको नियमित ईन्टरनेट सेवा र दिर्घकालिन व्यवस्थापन मुख्य चुनौती रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top