शुक्रबार, साउन ८, २०८३ | Friday 24th July 2026

सुन्न, बोल्न नसक्ने रमेश माथि अग्नी आक्रमण


राधिका भुसाल
प्यूठान । गौमुखी गाउँपालिका ७ नारीकोट निवासी रमेश थापालाई उनी सुतिरहेको अवस्थामा जिउदै जलाउन खोजिएको छ । सुन्न र बोल्न नसक्ने अपांग उनी सुतिरहेकै समयमा गोठमा आगलागी भएपछि घाइते भएका छन् । आज बिहान करिब ४ बजे एक्कासी उनको कोठामा आगो दन्किरहेको रशेमकी भाउजुले देखे पछि २३ वर्षिय थापालाई बचाउन सफल भएका हुन ।
२ वटा हात, पेटको तल्लोभाग लगायतका ठाउँमा गरी पुरा शरिरको १५ प्रतिशत आगोले जलेको लाइफ केयर हस्पिटल बाग्दुलाका ज्योती कुवंरले बताए । घाइते रमेशलाई करिब एकहप्ता हस्पिटलमै राखेर उपचार गर्नु पर्ने उनको भनाइ छ ।
‘सबै परिवार घरमा र सधै जसो गाइ बस्तु राखेको गोठको एउटा कोठामा रमेश सुतेका थिए’–उनका भिनाजु रेशम खड्काले भने–‘आफै त बोल्न, सुन्न नसक्ने विचरा माथि कुन निर्दहीले आगो लगाइदिएको होला ।’ ज्याला मजदुरी गरेर आफ्नो जीविका निर्वाह गरेका रमेशको कसैसंग त्यस्तो दुस्मनी पनि नभएको उनले बताए । उनको भाउजुले झ्यालबाट लौराले घोचेर व्युजाएर बचाउन सफल भएको खड्काको भनाइ छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको बताए । अहिले सम्म ठोस् प्रमाण नभेटिएको हुंदा घटना आश्चर्यजनक भएको उनले बताए । आफैमा कमजोर व्यक्तिमाथि आक्रमण गर्ने दोषीलाई तुरुन्त पत्ता लगाइ करबाही गर्ने उनको भनाइ छ ।
आठ जनाको परिवार रहेको घाइते थापाको पारिवारिक आर्थिक अवस्था नाजुक भएको हुंदा उपचारमा समस्या देखिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top