
सागर रिजाल
प्युठान,१६ बैशाख
जिल्लाको माण्डवी गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका जनतालाई खानेपानीको सहज पहुँच पु¥याउन एक घर एक धाराको अभियान सञ्चालन गरेको छ । पालिकाले आर्थिक वर्ष ०७४÷०७५ मा पालिकाका विभिन्न क्षेत्रहरुमा खानेपानीकोे सहज आपूर्ति गराई एक घर एक धारा बनाउने अभियान शुरु गरेको हो । मानिसको पहिलो आधारभूत तत्व पानीनै भएकाले पालिकाले यो अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले बताउनुभयो । पानीकै कारण धेरै समय खर्चने जनतालाई मध्यनजर गरि यो अभियान सञ्चालन गरिएको हो, उहाँले भन्नुभयो ,–‘यस अभियानले जनताहरुको समय सदुपयोग संगै खानेपानीको पहुँचमा पु¥याउने छ । ’
सोमबार गाउँपालिकाको वडा नंम्बर ३ अन्र्तगत सल्लीबेसी गाउँमा एक घर एक धारा खानेपानी योजनाबाट निमार्ण गरिएका धाराको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष रोकाले धाराको उद्घाटन गर्नुभएको हो । यस गाउँका ४६ वटा घरमा धारा निमार्ण गरिएको छ । ०७५ फागुन २ गते सम्झौता गरि डेढ महिनाको अवधीमा धारा निमार्ण गरिएको सल्लीबेसी खानेपानी योजनाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो । पहिले टाढा टाढाबाट पानी बोक्नुपथ्यो, उहाँले भन्नुभयो,–‘गाउँपालिकाबाट योजना परेपछि एक घर एक धारा बनाएका छौँ, अहिले सहजता भएको छ । ’
चैत २५ गतेदेखी धारा सञ्चालन गरिएको हो । बिहान साझ ३÷३ घण्टा धारामा पानी आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘२४ घण्टा पानी खोलेपनि आउँछ तर अहिले चाहिएको बेलामा मात्र पानी प्रयोगमा ल्याएका छौँ । ’ खाली समयमा ट्यांकीमै पानी जम्मा हुने उहाँले बताउनुभयो ।
घरमा धारा पुगेपछि स्थानिय खुसी
धेरै समय खर्चेर खानेपानीको जोहो गरेका यस क्षेत्रका स्थानियहरु घर धरमा खानेपानी आएपछि खुसी भएको बताउछन् । स्थानिय डम्बर बहादुर पुनले ५÷६ घरका व्यक्तिले एउटै धारामा पानी भर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘पालिकाले खानेपानीको सहज आपूर्ति गराउन चालेको अभियान सार्थक छ । ’ खानेपानीसंगै भौतिक निमार्णका कार्यहरु समेत सूचारु गर्न उहाँले आग्रह गर्नुभयो उहाँले भन्नुभयो,–‘पालिकाको समृद्धिका लागि सबै क्षेत्रको विकास हुन जरुरी छ । ’ उहाँसंगै यस क्षेत्रका स्थानिय घर घरमा खानेपानीका धारा पुगेपछि खुसी भएका छन् ।
आठ लाख भन्दा वढी लागतमा खानेपानी
गाउँपालिकाको ६ लाख ७५ हजार र जनश्रमदान १ लाख ३८ हजार ९ सय २२ गरि जम्मा ८ लाख १३ हजार ९ सय २२ रुपिँया लागतमा यस क्षेत्रमा खानेपानीको सहज आपूर्ति भएको गाउँपालिकाका प्राविधिक सागर पण्डीतले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी सहज आपूर्ति भएपछि यस क्षेत्रका २ सय ११ जना व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन् ।
पानी संगै पूर्ण सरसफाई अभियान
गाउँपालिकाले पालिका क्षेत्रभित्र खानेपानीको सहज आपूर्तिका लागि एक घर एक धारा अभियान सञ्चालन संगै पूर्ण सरसफाईमा सहजता आउने विश्वास लिएको छ । घरघरमा खानेपानी भएपछि आफ्नो टोल आफै सरसफाई बनाउनुपर्ने गाउँपालिका अध्यक्ष रोकामगरले बताउनुभयो । स्वास्थ्य र सरसफाईलाई जोडेर गाउँपालिका समृद्ध बनाउने योजना बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यी सुचकहरुलाई पुरा गर्न सल्लेबेसीका जनता पनि सहमत हुनुपर्छ । ’
गाउँपालिकाकै केन्द्रमा रहेको यस वडा भएकाले नमुना काम गरेर चिनीन समेत उहाँले आग्रह गर्नुभयो । यसै वडामा गाउँपालिकाले नर्सरी, खेलकुद मैदान जस्ता महत्वपूर्ण योजना सञ्चालन गरेकोले यस वडालाई अरु वडा भन्दा ध्यान दिएर सरसफाईका सूचकहरु पुरा गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । गाउँपालिकाले पालिका क्षेत्रलाई समृद्ध बनाउन जुनसुकै क्षेत्रबाट सहयोग गर्न तत्पर रहने गाउँपालिका अध्यक्ष रोकामगरले बताउनुभयो ।
चालु आः व मा आठसय घरमा खानेपानी
पालिकाले चालु आर्थिक वर्ष ०७५÷७६ मा साना ठूला गरी २० वटा खानेपानीका योजना सञ्चालन गरेको छ । पालिकाले पालिका क्षेत्रका ५ वटा वडा भित्र पर्ने आठ सय घरधुरीमा खानेपानीको सहज पहुँच पु¥याउने योजना सहित अभियानलाई गति दिएको गाउँपालिका प्राविधिक सागर पण्डीतले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले खानेपानी योजनाका लागि यस आर्थिक वर्षमा २ करोड १५ लाख बजेट विनियोजन गरेको छ । चालु आवको असार मसन्ता सम्म खानेपानीका योजना पुरा गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ । खानेपानी योजना पुरा भएपछि यस क्षेत्रका लगभग ४ हजार जनता लाभान्वित हुने गाउँपालिका प्राविधिक पण्डीतले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !