
प्युठान,११ बैशाख ।
जिल्लाको झिमरुक गाउपालिका वडा नंम्बर ४ ले जनतालाई घरदैलोमै सरकारी सेवा दिने अभियान सञ्चालन गरेको छ । वडा भित्र रहेका सेवाग्राहीलाई वडा सम्म जान अफ्ठेरो हुने भन्दै सहजताका निम्ती वडाले नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने अभियान थालेको हो ।
अभियान ३ दिन सम्म
वडा कार्यालयले यो अभियान ३ दिन सम्म चलाएको छ । ९ गते चुधाराफेदी, १० गते बांगेसोतबस्ती र ११ पोखरी र बौडा क्षेत्रमा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष सिताराम पोख्रेलले जानकारी दिए । अभियानमा जेष्ठ नागरिकलाई परिचय पत्रको सिफारिस, जन्म एवं मृत्यु दर्ता, बिबाह दर्ता, बसाइँसराई दर्ता, घर कर लगाएतका विविध सरकारी सेवा दिईएको वडा सचिव अर्जुन विक्रम जिसीले जानकारी दिए । वडा कार्यालय भन्दा टाढा पर्ने बस्तीमा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष पोख्रेलले जानकारी दिए । उनले भने,–‘अपाएक बस्तीका जनतालाई जनचेतनासंगै सेवा प्रदान गरिएको हो । ’
करिब दुईसय जनाले सेवा लिए
झिमरुक गाउँपालिका वडा नंमबर ४ को वडा कार्यालय तल्लो सिमानामा रहेको र सेवाग्राही गाउँमा भएकाले जनताका सेवाका लागि चलाईएको अभियानमा करिब दुई सय जनताले सेवा लिएको वडा अध्यक्ष पोख्रेलले जानकारी गराए । उनले भने,–‘ अभियानबाट वडा भन्दा विकटबस्तीका स्थानीयलाई भरपुर फाईदा पुगेको विश्वास लिएको छु । ’
जग्गाको कर तिर्न र जेष्ठ नागरिक परिचय पत्रको सिफारिस बनाउन आउनुभएकी ६५ बर्षिय टोपानन्द भट्टराईले घरदैलोमै सरकारी सेवा पाउँदा खुसि ब्यक्त गरिन् । उनले भनिन,–‘पहिले सेवा लिन टाढा जानुपथ्र्यो अहिले घरमै आएर सेवा पाईयो । ’ उनी संगै स्थानियस्तरमै सरकारी सेवा पाउँदा यस बस्तीका स्थानिय खुसी भएका छन् । गाउँ गाउँमा सरकार आएको महशुस भएको यहाँका स्थानिय बताउँछन् ।
जनताको सेवामा निरन्तर लाग्छु ः वडा अध्यक्ष
वडा अध्यक्ष पोख्रेलले जनताको सेवामा निरन्तर लाग्ने बताए । जनताले सहज सेवा प्रदान गरोस भन्ने हेतुले मलाई चुनावमा भोट हालेर जिताएको उनले बताए । उनले भने,–‘ कुनै प्रवाह नराखी जनताको सेवामा प्रतिवद्ध छु । ’ गाउँका कुनाकुनामा यो बस्ती लैजादा स्थानियहरु खुसी भएको उनले जानकारी दिए । जनतासंग भेटघाटसंगै गुनासाहरु बुझेको उनले बताए । जनताले भेटघाटसंगै यस्ता सेवाहरु गाउँ गाउँमा लिन आग्रह गरेको वडा अध्यक्ष पोख्रेलले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !