आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

ददेरीमा बृहत खानेपानी योजना अलपत्र , खानेपानी डिभिजनले सम्झौता पुरा नगर्दा स्थानीयलाई सास्ती


 

प्यार अलि खाँन

सरुमारानीको ददेरीमा निर्माणाधिन खानेपानी योजना अलपत्र भएको छ । ददेरी बृहत खानेपानी योजनाको वाँकी काम खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले नगरिदिँदा काम प्रभावित भएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रमोहन अमात्यले बताए ।

सरुमारानी गाँउपालिकाको २७ लाख बजेटबाट राप्ती नदीको किनारमा सम्पवायल र उपल्लो ददेरीको डाँडामा १ लाख लिटर क्षमताको आर.बि.टि ट्यांकीको निर्माण कार्य सम्पन्न भइसकेको वडा नं. २ का अध्यक्ष एवं गाँउपालिकाका प्रवक्ता बसन्त बहादुर जिसिले बताए । आ.व २०७४÷२०७५ मा उपभोक्ता समितिसंग खानेपानी डिभिजनले ५२ लाख बराबरको काम गर्ने सम्झौता गरेको थियो । सम्झौतामा वितरण पाइपलाइन विच्छाउने, पम्प हाउसको निर्माण, मोटर जडान गर्ने भनिए पनि हालसम्म खानेपानी डिभिजनले केही पाईप मात्र उपलब्ध गराएको र वाँकी काम नगरेको उपभोक्ता समितिले जनाएको छ ।

चिसाबाङ देखी तल्लो ददेरी सम्म २ सय ६ घरधुरीका करिब १ हजार २ सय जनसंख्यालाई खानेपानीको सहज उपलब्धताको लागि योजना अघि बढाईएको थियो । प्रदेस सरकारबाट प्रयाप्त बजेट नआउँदा खानेपानीको काम अघि बढ्न नसकेको खानेपानी डिभिजनले बताएको छ ।

प्रदेस सरकारका भौतिक योजना मन्त्रीलाई समेत खानेपानीको अवस्थाबारे ध्यानाकर्षण गराईएको वडा अध्यक्ष जिसिले बताए । राप्ती नदीको पानीलाई लिफ्ट गरेर एक घर, एक धाराको योजनालाई साकार पार्न सरुमारानी गाँउसरकारले समेत यस बृहत खानेपानी योजनालाई आफ्नो गौरवको कार्यक्रमका रुपमा अघि सारेको थियो ।

 

 

 

 

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top