शुक्रबार, साउन ८, २०८३ | Friday 24th July 2026

नेपाली सेनाको रगतले सुत्केरी महिलाको ज्यान बच्यो


राधिका भुसाल
प्युठान । इन्द्र ध्वजगण खलंगा प्युठानमा कार्यरत २ जना नेपाली सेनाले रक्तदान गरि सुत्केरी महिलाको ज्यान बचाएका छन् ।
प्युठान अस्पताल विजुवारमा उपचारत गौमुखी गाउँपालिका ६ लिवाङ निवासी देवराज थापाको श्रीमती २२ वर्षकी तुल्सी थापाको ज्यान बचाएका हुन ।
बिरामी थापाको स्वास्थ अवस्था नाजुक देखिएपछि डाक्टरले आफन्तलाई जानकारी गराएका थिए । तर, उनीहरूले िबरामीको शरिरमा दिनु पर्ने (प्रयाप्त) एबी पोजेटिभ रगत उपलब्ध गराउन नसकि डाक्टर सत्य बैद्यले नेपाली सेनालाई खबर गरेका थिए । इन्द्र ध्वज गणका सहायक गणपति मेजर बासुशरण खड्काले गणमा कार्यरत नरेश थारू र पुनम गाह मगरलाई रक्तदानको लागि जिल्ला अस्पताल पठाएको बताए । “विजुवारस्थित गुल्ममा पनि खोज्न लगाएको थिए त्यहाँ कसैको मिलेन“उनले भने–“ खबर पाए लगत्तै २ जना खलंगा बाटै पठाएर रक्त दान गरि सुत्केरीको ज्यान बचाउन सफल भयो ।”

प्युठानमा कार्यरत नेपाली सेनाले आवश्यक परेको समयमा पटक पटक रक्त दान गर्दै आएको समेत उनले बताए ।
यता जिल्ला अस्पतालका डाक्टर सत्य बैद्यले भने( “समयमै रक्तदान दिने व्यक्ति नभेटिएको भइ हामीले बिरामीको ज्यान बचाउ सक्ने थिएनौ“ विरामीको रगत पातलो भएको हुदा रक्तस्राव नरोकिएको उनले बताए । अहिले शल्यक्रिया पछि बिरामीसंगै शिशुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए ।
उक्त महिलालाई ६ पिन्ट (३ लिटर) पानी ३ पिन्ट रगत (१ लिटर ५० एम एल) चढाइको डाक्टर बैद्यले जानकारी दिए ।
त्यससंगै सुजाता थापा क्षेत्री र एक जना शसस्त्र प्रहरीले समेत रक्तदान गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top