आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

शहिद प्रतिष्ठान प्युठानको नेतृत्वमा घिमिरे


प्युठान,२७ चैत ।
शहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्यूठानको प्रथम साधारण सभाले कृष्ण घिमिरेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भगवती खड्का,सचिव नोम राज पौडेल,सह सचिव बाम बहादुर पुन,कोषाध्यक्ष निर्मला थापा रहनु भएको छ । त्यस्तै सदस्यहरुमा टंक प्रसाद खनाल,गोपाल प्रसाद वौद्धिक,मधुसुदन पोख्रेल, बसन्ता एम सी,दिपा सुनार र ज्ञान बहादुर राना रहेका छन् । द्धन्द्धको समयमा जिल्लामा घाइते ,अपाङग, पीडित र सहिद परिवारका सदस्य हरुको सहभागितामा नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित सचिव नोमराज पौडेलले बताए ।
शहिद प्रतिष्ठान नेपालका केन्द्रिय कोषध्यक्ष चित्र बहादुर घर्तिको उपस्थितीमा सभा गरिएको थियो । सभामा सम्बोधन गर्दै घर्तिले शहिदका सम्झनामा केन्द्रीय समितिले भौतिक निर्माण वा शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए । गणतन्त्र स्थापनाका लागि जुनसुकै माध्यमबाट शहिद हुनुभएका हरुको सम्मानका लागि सरकारले विशेष खालको कार्यक्रम ल्याउनुपर्ने उनले बताए । उनले भने,–‘ घाइते अपाङग ,वेपत्ता भएका परिवारहरुका लागि पनि सरकारले कार्यक्रम तय गर्नुपर्छ । ’
शहिद परिवारको दुखेसो पोख्न प्रतिष्ठान गठन
विभिन्न समय खण्डमा भएको आन्दोलनबाट प्रभावित शहिद परिवारहरुलाई सान्त्वना एंवम पीडितहरु बसेर मनका दुखेसो साटासाट गर्नको निम्ती प्रतिष्ठान खोलिएको प्रतिष्ठाका का नवनिर्वाचित अध्यक्ष कृष्ण घिमिरेले बताए । अब जिल्लामा भएका सहिद परिवार एवं सहिदको सपना साकार गर्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताए । शहिदको नाममा भएका भौतिक निर्माणहरुलाइ व्यवस्थीत बनाउनु पर्नेमा उनले जोड दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top