
सरला पोख्रेल-
प्युठान,२६ चैत ।
ग्राहकलाई मध्यनजर गरेर एन आई सी एशिया बैंक लिमिटेड प्युठान शाखाले २२ वटा सम्म सुविधाहरु भएको चमत्कारित बचत तथा मुद्धती खाताहरु सञ्चालन गरेको छ । बैंकले विभिन्न खातामा आकर्षक व्याज , बीमा सुविधा , इ बेंकिङ्ग सुविधा , एस एम एस सुविधा , जेष्ठ नागरिक सुविधा , घरदैलो सुविधा ,ए टि एम सुविधा लगाएतका खाताका योजना तथा तोकिएको मापदण्ड भित्र रहेर खाता खोल्नेलाई धेरै प्रकारका फाइदाहरु सहितको योजनाहरु सार्वजनिक गरेको प्युठान शाखा प्रमुख नरेश रावलले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ विभिन्न खातावाला तथा ग्राहकले यो सुविधा लिन सक्नुहुनेछ । ’
शाखाले चमत्कारीक बचत, जेष्ठ नागरिक, बाबुनानी बचत, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता तथा मुद्धती खाताहरु समेत सञ्चालन गरेको रावलले बताए । १५ लाख सम्मको १८ घातक रोगहरुको बीमा र १ लाख ५० हजार सम्मको औषधी उपचार बीमाको सुविधा रहेको उहाँले बताउनुभयो । मुलुकभरी आफ्ना २ सय ८१ वटा शाखा कार्यालय, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एंव २३ वटा शाखा रहित बैकिङ ईकाई मार्फत सेवा दिएको बैंक २२ औँ वर्षमा प्रवेश गरेको छ ।
ग्रामिण जनता केन्द्रित बैकिंक सेवा दिनुपर्छ ः नगर प्रमुख कक्षपति
प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बैंक २२ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना दिनुभएको छ । बैंक तथा वित्तिय संस्थाहरुको सेवा अझै गाउँ गाउँका जनतामा केन्द्रित हुनु पर्ने उहाँले बताउनुभयो ।
जिल्लाका ठाउँ ठाउँमा विभिन्न कमर्सियल तथा बिकास बैंकका शाखाहरु खुली सेवा दिईरहे पनि अझै गाउँ गाउँका जनतामा वित्तिय चेतनाको कमि रहेकोले सो स्थानमा बैंकहरु पुग्नु पर्ने नगरप्रमुख कक्षपतिले बताउनुभयो । अझै पनि जनताले नगद पैसा घरमै राख्ने गरेकोले जनताका कन्तुर तथा बाक्सामा रहेका रकम एकातिर जोखिमका हिसावले र अर्को तर्फ फाइदाका हिसावले सवै हिसावले बैंकमा राख्न ठिक हुन्छ भन्ने जस्ता वित्तिय चेतना जगाउन जरुरी रहेको तथा बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु दुर दराजमा रहेका जनता सम्म विस्तार गर्नु पर्नेमा मेयर कक्षपतिले जोड दिनुभयो ।
विभिन्न आगलागि हुँदा या प्राकृति विपत्ति हुँदा गाउँ गाउँका जनताका घरमा रहेका नगद यति जल्यो उति जल्यो ,हरायो भन्ने जस्ता घटना प्राप्त भईरहेकै सन्दर्भमा जनताले नगद अझै घरमै राख्ने गरेको प्रष्ठ हुने हुँदा गाउँका जनता सम्म बैंक तथा वित्तिय संस्थाको सेवा विस्तार गर्न जरुरी रहेको समेत नगरप्रमुख कक्षपतिले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !