
प्युठान,२५ चैत
अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ८ नुवाकोट लात्तेबाजमा लु १ ज १२२९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि घटनास्थलमा २ जनाको र जिल्ला अस्पताल सन्धिखर्कमा १ जना गरी ३ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ऐरावति गाउँपालिका बरौला प्युठानकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यु भएको हो । घाईते ९ जनालाई बुटबल रिफर गरिएको छ ।
जीपमा १७ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना के कति कारणले भएको भन्ने थप विवरण आउन बाकीँ रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए । गाडी चालक प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेको प्रहरी प्रमुखले बताए ।
कमेन्ट गर्नुहोस !