आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

दुई सय ५४ जना चौथो तहका कर्मचारी संघिय निजामती ऐनप्रति असन्तुष्ट


प्युठान,२५ चैत ।
जिल्लामा कार्यरत स्वास्थ्य सेवाका चौथो तहका कर्मचारीले संघिय निजामति सेवा ऐन २०७५ ले गर्ने व्यवस्थाप्रति असन्तुष्ट जनाई प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालय प्युठानका प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा कार्यरत चौथो तहका कर्मचारीहरु भेला भई एक मुल संघर्ष समिति समेत गठन गरेका छन् । ४३ जना स्वास्थ्यकर्मिको उपस्थितीमा हेमलाल कुवरको अध्यक्षतामा १३ सदस्यिय समिति गठन गरि ज्ञापन पत्र बुझाएका हुन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत प्युठान जिल्लाका बिभिन्न अस्पताल, तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत चौथो तहका स्वास्थयकर्मी कर्मचारीहरुले प्रस्ताबित संघीय निजामती सेवा ऐन २०७५ले आफूहरुको अधिकार खुम्चिने भन्दै पुनराबलोकन गर्न आग्रह गरेका हुन् ।
प्युठानका स्वास्थ्य क्षेत्रमा कार्यरत २ सय ५४ जना स्वास्थ्यकर्मीहरुलाई प्रतिनिधित्व गर्दै गठीत सघर्ष समितिले कर्मचारीले यसअघि स्वास्थ्य सेवा ऐन २०५३ अनुसारनै पाउँदै आएको सेवा सुबिधा अब आउने संघीय निजामती सेवा ऐनले कटौती गर्ने देखिएको भन्दै पुरानै ऐन अनुसारको सेवा सुबिधा सुनिश्चित गर्न माग गरेका छन् ।
त्यस्तै चौथो तहका कर्मचारीको बृद्धि विकासमा अवरोध गरेको स्वास्थ्य सेवा ऐन २०५३ ले व्यवस्था गरे बमोजिम स्तरवृद्धी, आन्तरिक प्रतिस्पर्धा , थप वृद्धि विकास र माथिल्लो तह अध्ययनको लागि सो ऐन रहदासम्म बाहाल स्वास्थ्यकर्मीलाई पहिलेकै व्यवस्था अनुरुप गर्न र संसोधित संघिय निजामती सेवा ऐन संसोधन गर्न स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदी मार्फत सामाजिक विकास मन्त्रालय ५ नंम्बर प्रदेश तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानकर्षण गराउनुभयो ।

समस्या समाधान गर्न पहल गरिने
ज्ञापन पत्र बुझ्दै स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले स्वास्थ्यकर्मीको मागप्रति पूर्ण समर्थन रहेको बताउनुभयो । स्वास्थ्यकर्मीको उच्च मनोबल बिना स्वास्थ्यमा गुणस्तरिय सेवा प्रदान प्रदान गर्न असम्भव रहेकोले कर्मचारीलाई निरुत्साहित गर्ने गरि नभई उच्च मनोबल र कार्यदक्षताको आधारमा अन्य कर्मचारी सरह स्वास्थ्य कर्मचारीको स्तरवृद्धि गर्नेुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘स्वास्थ्यकर्मीलाई सहयोग गर्न म सधै तयार छु । ’
त्यस्तै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले ज्ञापनपत्रलाई सम्बन्धित निकायमा पठाउँदै समस्या समाधान गर्न सक्दो पहल गर्ने बताउनुभयो ।

#पत्रकार सागर रिजालले खबर लेख्नुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top