आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

ऐरावतीमा उत्तर प्रसुति सेवाले सुत्केरी महिलालाई टेवा


सागर रिजाल
ऐरावती गाउँपालिकाले उत्तर प्रसुति सेवा शुरु गरेको छ । नवजात शिशु र सुत्केरी आमाको संभावित मुत्युदर घटाउने उदेश्यले यो सेवा शुरु गरिएको हो । आमा सुरक्षा कार्यक्रम अन्र्तगत आर्थिक वर्ष ०७५÷०७६ बाट यो सेवा शुरु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । गाउँपालिका भित्रका ६ वटै स्वास्थ्य संस्थमार्फत यो सेवा दिईएको छ । सुत्केरी भएको २४ घण्टा, ३ दिन र ७ दिनको समयमा सुत्केरी महिला जाँच्ने गरि यो सेवा सञ्चालन भएको हो । यो समयमा सुत्केरी महिलालाई रक्तश्राव वढी हुने गर्छ । यो समयमा मृत्यु हुने दर अत्तिनै वढी हुन्छ , स्वास्थ्य संयोजक श्रेष्ठले भन्नुभयो,–‘गत वर्षको तुलनामा यो सेवाले सुधार भएको छ । ’ उत्तर प्रसुति सेवा मार्फत सुत्केरी आमा र नवजात शिशुको जाँच गरिन्छ । दुबैको स्वास्थ्य अवस्था, स्तनपान बारे परामर्श, खोप लगाउने, पौष्टिक आहार खुवाउनुपर्छ भन्ने बारे जानकारी गराएको दाङवाङ स्वास्थ्य चौकीकी अनमी लिलाकुमारी चन्द्रले बताउनुभयो । नवजात शिशु र आमामा यो समयमा देखिने लक्षणहरुको बारेमा जानकारी लिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘६ महिनामा पुरक खानेबारे परामर्श र ६ महिना पछि परिवार नियोजनबारे पनि परामर्श गर्छौँ । ’ यो सेवा मार्फत तीन पटक सुत्केरी आमा र नवजात शिशुको जाँच गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘जाँचका क्रममा केहि समस्या भेटिए स्वास्थ्य चौकीमा बोलाई उपचार गर्ने गर्छौ ।’ स्वास्थ्य चौकीमा उपचार हुन नसके बाहिर पठाउने गरेको समेत उहाँले बताउनुभयो । दाङवाङ संगै पालिकाभित्रका बरौला, विजुली, पकला, रस्पुरकोट, धुवाङ स्वास्थ्य चौकीमा समेत यो सेवा शुरु गरिएको छ ।
सुत्केरीको घरमै गई सेवा
स्वास्थ्य चौकीको पहुँचभन्दा बाहिर रहेका सुत्केरीलाई घरमै गएर चेकजाँच सेवा दिएको अनमी शाहले बताउनुभयो । स्वास्थ्य चौकी टाढा रहेका सुत्केरी महिलाहरु १ देखी २ घण्टा हिडेर आउनुपर्ने हुन्थ्यो,सुत्केरी भएको बेला उहाँहरु हिडन सक्नुहुन्न ,उहाँले भन्न्ुभयो,–‘उहाँहरुलाई सहजता प्रदान गर्ने उदेश्यले घरमै पुगी सेवा दिईरहेका छौँ ।’ स्वास्थ्य चौकी नजिक हुनेहरुका लागि संस्थाबाटै सेवा दिएको र दुरी टाढा हुनेलाई घरमै पुगी सेवा दिदै आएको उहाँले बताउनुभयो । ऐरावती गाउँपालिकाले यस आर्थिक वर्षको माघ मसान्त सम्ममा १ सय १० जना संस्थागत सुत्केरी आमा मध्ये ५७ जनालाई तीन समयनै यो सेवा पाएको तथ्यांक दिएको छ । तथ्यांक अनुसार ५१.८१ प्रतिशत सुत्केरी आमालाई टेवा पुगेको देखिन्छ । अरु वडा भन्दा गाउँपालिकाको दुर्गम वडा दाङवाङमा यो सेवा प्रभावकारी भएको छ ।
भैगोलिक विकटता, यातायातको असुविधा र अज्ञानताका कारण स्वास्थ्य चौकी नआउँदा यस क्षेत्रका सुत्केरी आमाहरुले उपचार गराएका थिएनन् । अगिल्लो वर्ष सुत्केरी भएपछि चेकजाँच गर्ने महिला शुन्य भएपनि यस आर्थिक वर्षमा १८ जना संस्थागत सुत्केरी मध्य ११ जनाले सेवा पाएको स्वास्थ्य चौकीकी अनमी चन्दले बताउनुभयो ।
घरमै सेवा पाउँदा सुत्केरी महिला खुसी
दाङवाङ गाउँकी देबी सोमै २९ वर्ष पुग्नुभयो । पहिले २ वटी छोरी भएकी उहाँले तेश्रो सन्तान पनि छोरी नै जन्माउनुभयो । पहिलेका छोरीहरु घरमै जन्माउनुभएकी उहाँले तेश्रो सन्तान स्वास्थ्य संस्था पुगेर जन्माउनुभयो । बच्चा जन्माएपछि चेकजाँच गर्नुपर्छ भन्ने थाहाँ थिएन् उहाँले भन्नुभयो,–‘तेश्रो सन्तान जन्माएपछि तीन पटक सम्म सिस्टर घरमै आई उपचार गर्नुभयो खुसी छु । ’ स्वास्थ्य चौकी पुग्न समय धेरै लाग्ने हुँदा घरमै आई उहाँले उपचार गर्नुभएको उहाँले जानकारी दिनुभयो । यो सेवा राम्रो छ उहाँले भन्नुभयो,–‘सुत्केरी भएको बेला उपचार नपाएर धेरैको मुत्यु हुने गर्छ, मृत्यु रोक्नको लागि यो सेवा लिन जरुरी ठान्दछु । ’
उनी संगै ऐरावती गाउँपालिका सुत्केरी आमाहरु घरमै पुगि सेवा पाउँदा खुसी भएका छन् । विगतमा यस्तो जाँच हुने थिएन् । यस आर्थिक वर्षमा यो सेवा शुरु भएसंगै यहाँका सुत्केरी महिलाहरुलाई टेवा पुगेको छ । सुत्केरी र नवजात शिशु मृत्युदर समेत रोकीएको गाउँपालिकाका स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रम प्रभावकारी भएको छ । गाउँपालिका क्षेत्रका स्वास्थ्य चौकी नजिक हुनेले स्वास्थ्य चौकीमा आएर सेवा लिएको र स्वास्थ्य संस्थामा पुग्न नसक्नेलाई घरमै पुगी सेवा दिदै आएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top