
प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानको यस आर्थिक वर्षको पाचौं एकीकृत घुम्ती शिविर झिम्रुुक गाउँ पाकिकामा शनिवार (आज) देखि सञ्चालन भएको छ ।
झिमरुक गाउँपालिकाको सहयोगमा भोलीसम्म सञ्चालन हुने शिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले गरेका हुन् । दुर्गम गाउँका स्थानियलाई घर दैलोमा पुगेर सरकारी सेवा दिने उदेश्य अनुसार मच्छीमा शिविर आयोजना गरिएको गैहृेले जानकारी दिए । अहिले नेपालमा संघिय शासन प्रणाली लागु भएको छ र विभिन्न तहका सरकारहरुले आ –आफनो कार्यक्षेत्र भित्र रहेर कार्यहरु गर्दै आईरहेको अवस्था छ । स्थानिय स्तरमा रहेको स्थानिय सरकारबाट अहिले धेरै सेवाहरु उपलब्ध भएका छन् । तर केहि सेवाहरु लिन जिल्ला सदुमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ । उनले भने,–‘जिल्ला सदरमुकाम बाट प्रदान गर्ने सेवालाई स्थानिय स्तरसम्म पु¥याउन शिविर सञ्चालनमा ल्याएका हौँ ।’
स्थानिय तहको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रदान गरेको उनले बताए । यस आर्थिक वर्षमा गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, ऐरावती गाउँपालिका, नौवहिनी गाउँपालिकामा शिविर सञ्चालन गरिसकेको उनले बताए । उनले आर्थिक वर्षको पाँचौ शिविर मच्छीमा गरेको उनले बताए ।
सेवा लिनेको घुईचो
स्थानिय स्तरमै एकीकृत घुम्ति शिविर सञ्चालन भएपछि सेवा लिनेको घुईचो लागेको छ । चलेको शिविरमा सयौँ सेवाग्राहीले सेवा लिने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष तिलक जिसीले बताए । उनले भने,–‘ गाउँपालिकाले लिएको उदेश्य पूर्णतया सफल भएको महशुस गरेको छु ।’ साथै आगामी दिनमा जिल्ला प्रशासनको सहयोग लिएर गाउँपालिकाको अन्य दुर्गम बस्तीहरुमा शिविर सञ्चालन गर्न पहल गरिने उनले बताए । गाउँपालिकाका सबै वडाबाट सेवा लिन आएको उनले बताए । शनिवार र आईतबार गरि २ दिन सम्म चल्ने शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण, जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम , जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग व्यवसाय दर्ता र परामर्श सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गैहृेले जानकारी दिए । त्यस्तै झिमरुक गाउँपालिकाबाट अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, स्वास्थ्य शिविर, पशुसँग सम्बन्धित सेवाहरु, कृषिसँग सम्बन्धित सेवाहरु दिईने गाउँपालिका अध्यक्ष तिलक जिसीले बताए ।
शिविरको पहिलो दिन नागरिकता १ सय ३९ जनालाई, फोटो सहितको नामावली ५५ जनालाई वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले बताए । आयुर्वेदबाट स्वास्थ्य परिक्षण र औषधी वितरण १ सय ९२, प्रहरीबाट सचेतना कार्यक्रम ६० जनाको उपस्थितीमा कार्यक्रम गरिएको थियो भने घरेलुबाट परामर्श सेवा २५ जनालाई दिईएको उनले जानकरी दिए ।
त्यस्तै गाउँपालिकाबाट जेष्ठ नागरिक परिचय पत्र वितरण ४८ जनालाई, अंपागता परिचय पत्र १४ जनालाई सेवा दिईएको छ । कृषि शाखा बाट बेमौषमी तरकारीको बिउ वितरण १सय ५० जनालाई , कृषि परामर्श २ सय, पशु सेवा बाट १सय ५ जना कृषकलार्य परामर्श र पशु औषधी वितरण गरिएको सहायक प्रजिअ पन्थीले बताए ।
कमेन्ट गर्नुहोस !