शनिबार, साउन ९, २०८३ | Saturday 25th July 2026

स्थापना दिवसको अवसरमा बरौला बजार क्षेत्र सरसफाई


 सागर रिजाल

प्युठान । शनिवार बरौला बजार संगै खोला क्षेत्रमा सरसफाई गरिएको छ । ऐरावती गाउँपालिका प्युठानले स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको हो । ०७३ चैत २ गतेदेखि गाउँपालिकाको वडा नंम्बर २ बरौला ददेरीपाटामा कार्यालय सञ्चालन भई सेवा सुचारु गरेको छ ।

शनिवार बजार संगै सरसफाई कार्यक्रम गरिएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओलीले बताए । गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा उपाध्यक्ष बुद्ध बहादुर बस्नेत, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओली, कार्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, स्थानियबासी, नेपाल प्रहरीको उपस्थितीमा सरसफाई गरिएको हो । स्थानिय सरकारको जिम्मेवारी र दायित्व धेरै छन्, हामीले स्थानिय तहबाट सेवा सुचारु गर्दै गर्दा व्यवस्थापिका, कार्यपालिका र न्यायीक सेवालाई संगसंगै अगाडी वढाउनुपरेको गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए । यसमा सबै तहका सरोकारवालाको साथ र सहयोग मिलेको छ ,उनले भने,–‘सबैको साथ पाउँदा हामी खुसी छौँ । ’ साथै स्थापना दिवसको अवसर पारेर बरौला बजार क्षेत्रको सरसफाईमा जुटेको उनले बताए । सरसफाई कार्यक्रममा स्थानियको सहभागीताले खुसी भएको उनले बताए । हामीलाई मानव जीवन जीउनका लागि पर्यावरण्ीय दृष्टिले ज्यादै संवेदनशील भएको छ । वातावरण संरक्षण पहिलो चुनौती देखिन्छ, उनले भने,–‘ वातावरणीय संमवद्धन गर्न हामी सबैको दायित्व हो ।’ पर्यावरण संरक्षण र प्रदुषण नियन्त्रण गर्न जरुरी रहेको उनले बताए । गाउँपालिका भित्रका वडा कार्यालयले पनि वडा अध्यक्षको नेतृत्वमा वडा कार्यालय वरिपरि संगै बाटो, गाउँहरुमा सरसफाई गरेको पालिकाले जनाएको छ । गौमुखीमा पनि सरसफाई त्यस्तै विश्व वातावरण दिवसको अवसर पारेर गौमुखी गाउँपालिकाको आयोजनामा ठुलाबेसीमा पनि सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको नेतृत्वमा भएको ठुलाबेसी बजार सरसफाइमा उपाध्यक्ष तुल्सी सुनार, वडा नं ४ का वडा अध्यक्ष टुक बहादुर केसी,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकामा कार्यरत कर्मचारी, गौमुखी माविका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, स्थानीय बजारबासीको सहभागीतामा बजार तथा विद्यालय परिसर सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा बजारमा रहेका प्लास्टिक, सिसा, कुहिएका तथा सडेगलेका बस्तुहरू एवं घरभित्र रहेका फोहोरमैला ट्याक्टरमा उठाइएको थियो । वातावरण दिवसको अवसरमा सरसफाइ कार्यक्रम गौमुखी गाउँपालिकाले गरेको नयाँ र पहिलो कार्यक्रम हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top