
सागर रिजाल
प्युठान। फुलवारी एकिकृत ग्रामिण विकास संस्था प्युठान नगरपालिका –१ खैराले संस्थाको २५ औँ स्थापना दिवसको अवसरमा प्युठान अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । शुक्रवार अस्पतालमा एक कार्यक्रम गरि फलफुल वितरण गरेको संस्थाका निमित्त कार्यकारी निर्देशक शरद भण्डारीले बताए । संस्थाले अस्पतालमा रहेका बिरामीहरुलाई केहि राहत पुगोस भनेर फलफुल वितरण गरेको उनले बताए । अस्पतालमा रहेका विभिन्न प्रकृतिका ३२ जना बिरामीलाई फलफुल वितरण गरिएको हो ।
वितरण कार्यक्रममा प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले फुलबारी संस्थाले स्थापना दिवसमा अस्पतालका बिरामीलाई सम्मान स्वरुप फलफुल वितरण गरेकोमा धन्यवाद व्यक्त गरे । उनले भने,–‘संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । ’ संस्थाले स्थानिय तहसंग समन्वय गरि आफ्ना कार्यक्रम अगाडी वढाउन उनले आग्रह गरे । स्थानिय सरकारसंगै गैर सरकारी संस्थाले पनि अस्पतालको विकासमा सहयोग गर्न उनले आग्रह गरे ।
त्यस्तै स्थापना दिवसको अवसरमै रक्तदान समेत गरिएको छ । ८ जनाले रक्तदान गरेको निमित्त निर्देशक भण्डारीले बताए । त्यस्तै ४ जनाले कोहीले मागेमा जुनसुकै समयमा पनि रक्तदान गर्ने उनले बताए ।
संस्थाले आफ्नो स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । फागुन २९ गते पत्रकार सम्मेलन संगै जेष्ठनागरिकलाई लुम्बिनी भ्रमण भ्रमणबाट शुरु गरिएको कार्यक्रम चैत्र ५गतेसम्म विभिन्न कार्यक्रम गरि मनाउने अध्यक्ष गुणेन्द बस्नेतले बताए । उनका अनुसार चैत्र २ गते एक दिवशीय जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता , चैत्र ३ गते खैरामा जिल्ला स्तरिय लोक गित प्रतियोगिताको आयोजना गरिएको छ ।
त्यस्तै चैत्र ४ गते खैरा गाउँ तथा संस्था परिसर सरसफाई कार्यक्रम र चैत्र ५ गते औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउने अध्यक्ष बस्नेतले बताए । राम्रो कामको शुूरुवात गाउँबाट पनि सम्भव छ भन्ने नारा सहित अगाडी वढेको संस्थामा हाँल एक सय ४५ सदस्य आवद्ध छन् । हाँल यस संस्थाले कृषि स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम, सुशासन तथा जीविकोपार्जन परियोजना, गरिबी निवारण कोष कार्यक्रम, आई।पि।एम। कृषक पाठशाला कार्यक्रम र आई।एन। म्याप्सका कार्यक्रम अगाडी वढाएको संस्थाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !