शुक्रबार, साउन ८, २०८३ | Friday 24th July 2026

स्वास्थ्य चौकीमा सेवा प्रभावकारी बनाउँन गाउँपालिका प्रतिवद्ध


सागर रिजाल
प्युठान, सरुमारानी गाउँपालिका–५ जस्पुरमा रहेको ढुङ्गेगढी स्वास्थ्य चौकीको सुधारका लागि गाउँपालिका प्रतिवद्ध भएको छ । स्वास्थ्य चौकीमा सेवा प्रभावहमा भएका समस्याहरुलाई समाधान गर्न गाउँपालिका प्रतिवद्ध भएको हो । शुक्रवार हरप्लेस प्युठानको आयोजना नागरिक समाज, पत्रकार, गैर सरकार संस्थाका प्रतिनिधीको समुह उक्त स्वास्थ्य चौकीमा पुगी स्वास्थ्य चौकीको भौतीक अवस्था, सेवा प्रभावहमा समस्या, कर्मचारी पुग या नपुग लगाएतका विषयमा अनुगमन गरेको थियो ।
अनुगमनमा स्वास्थ्य चौकीमा वहिरंग सेवा, प्रशासन, तालिम कक्ष एउटै कक्षबाट सञ्चालन भएको पाईएको हरप्लेस नेपालका कार्यक्रम संयोजक टेक रानाले बताउनुभयो । बिरामीलाई उपचार कक्षपनि एउटै भएको पाईएको उहाँले बताउनुभयो । सबै सेवा साघुरो ठाउँबाट सञ्चालन हुनुले स्वास्थ्य चौकीमा समस्या आएको स्वास्थ्य चौकी ईन्चार्ज महेश कुमार उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो,–‘भवन नभएको हैन तर साघुरो ठाउँबाट कार्यसम्पादन हुनाले समस्या आएको छ ।’ बर्थिङ सेन्टरका लागि तीन कोठे भवन छ भने हरु सेवा दिनको लागि पनि तीन वटा कोठाको भवन रहेको उनले बताउनुभयो ।
स्वास्थ्य संस्थामा विभिन्न प्रकृतिका बिरामीहरु आउने ईन्चार्ज उपाध्यायले बताउनुभयो । एकैठाउँमा राखेर बिरामीहरुको चेकजाँच गर्दा समस्या आएको छ । उहाँले भन्नुभयो,–‘यसरी एकैठाउँमा उपचार गर्दा सरुवा रोग सर्ने संभावना धेरै हुन्छ ।’ उहाँले स्वास्थ्य चौकी व्यवस्थीत गर्न गाउँघर क्लिनीक र खोपकेन्द्रका लागि भवन, दरबन्दी अनुसारको कर्मचारी परिपूर्ति गर्न, सरसफाई, बालविवाह न्युनीकरण, र सचेतनामुलक कार्यक्रम गर्न स्थानिय सरकारलाई आग्रह गर्नुभएको छ ।
स्वास्थ्य संस्थामा विहान १० बजे देखि साझ ५ बजे सम्म सेवा दिदै आएको इन्चार्ज उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ईमरजेन्सी समयमा अरु समयपनि सेवा दिन्छौँ ।’ यो स्वास्थ्य चौकीबाट सरुमारानी ४ र ५ का स्थानियहरुलाई सेवा दिदै आएको उहाँले बताउनुभयो । सेवालाई सहज बनाउनका वडा नं ४ मा १ गाउँघर क्लिनीक र वडा नंम्बर ५ मा २ वटा गाउँघर क्लिनीक सञ्चालन गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीमा ३९ प्रकारका निशुल्क औषधी रहेको उनले बताए । त्यस्तै बालवालिकाको लागि विद्यालयमा गएर स्वास्थ्य सम्बन्धि कार्यक्रम, गर्भवती महिलालाई सम्मान गर्ने कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा प्रभावकारी बनाउँन प्रतिवद्ध ः अध्यक्ष छु
सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले स्वास्थ्य सेवा प्रभावकारी वनाउन आफु प्रतिवद्ध भएको बताउनुभएको छ । स्वास्थ्य संस्थाले राखेका समस्याका बारेमा जानकारी गराउँदा आफुले स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रतिववद्ध भएको गैर सरकारी संस्था महासंघ प्युठानका अध्यक्ष नेत्रमणी आचार्यले बताउनुभयो ।
ढुङ्गेगढी स्वास्थ्य चौकीको विकास र विस्तारमा आफु सदैव सकारात्मक भएको उहाँकोे भनाई छ । आवश्यक औषधी र गाउँघर क्लिनीकमा उपचारमा आउँने बिरामीलाई गाडी भाराको व्यवस्थ ागर्ने उहाँले बताउनुभयो । सेवा प्रवाहका लागि ६ वटा कोठा प्रभावकारी हुन्छ तर व्यवस्थापन नहुँदा समस्या भएको हो । उहाँले भन्नुभयो,–‘कोठालाई व्यवस्थित गरेर चलाएमा कसैलाई समस्या हुन्न । ’सुरक्षित मातृत्व, सरसफाईका अभियान र सचेतनाका कार्यक्रम गर्ने पालिकाको योजना रहेको उहाँले बताउनुभयो । गाउँघर क्लिनीकका लागि व्यस्थित तरिकाले पौवाको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
सरुमारानी गाउँपालिकाका २० वटा खोप केन्द्र रहेको स्वास्थ्य संयोजक हिरण्यराज शर्माले बताए । उनका अनुसार १० वटा केन्द्रमा व्यवस्थित बस्ने स्थान छैन् । गाउँपालिकाले यस वर्षमा केहि स्थानमा व्यवस्थित पौवाको व्यवस्था गर्ने र अर्को वर्षमा अरु स्थानमा पौवा निमार्ण गरिने बताए । गाउँपालिका अन्र्तगतका सबै स्वास्थ्य चौकीमा सेवा प्रभावकारी र सबै जनताले बुझुन भन्ने उदेश्यले औषधीको नाम नेपालीमा राखेको उनले बताए । त्यस्तै गाउँपालिकाले १ वडा २ अभियान बनाई सरसफाई, बालविवाह, सचेतना लगाएतका कार्यक्रम गरेको पालिका अध्यक्ष विश्वकर्माले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top