आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

सुशासनयुक्त प्युठान बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ ः जनप्रतिनिधि


सागर रिजाल

प्युठान,स्थानिय तहका जनप्रतिनिधिहरुले सुशासनयुक्त प्युठान बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बुधवार मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र(हरप्लेस), नेपाल पत्रकार महासंघ प्युठान र गैर सरकारी संस्था महासंघ प्युठानको सयुक्त आयोजनामा जुम्रीमा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुख,उप्रमुख संगै प्रवक्ता, गाउँपालिका सदस्य लगाएत नागरिक समाजका अगुवाहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।
सुशासनयुक्त र भष्ट्राचारमुक्त प्युठान बनाउन नागरिक समाजको भूमिका अपरिहार्य हुने प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले बताएका छन् । जनप्रतिनिधिहरुलाई धेरै जिम्मा लगाईएको छ तर त्यही अनुसारको नीति नबन्दा काम गर्न अफ्ठेरो परेको उनले बताए । प्युठानलाई नमुना जिल्ला बनाउन स्थानिय जनप्रतिनिधि एकठिक्का भएर अगाडी वढेको उनले बताए । उनले भने,–‘जिल्ला नमुना बनाउन हामी परिवर्तन हुनुपर्छ । ’ जनताहरुले अझै सबै कुरा बुझन नसकेको उनले बताए । नीति, प्रक्रिया नबन्दा जनतालाई सबै कुरा बुझाउन अफ्ठेरो परेको छ । उनले भने,–‘जनतालाई सबै कुरा बुझाउन अझै एक वर्ष लाग्न सक्छ । ’
त्यस्तै झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले जनतालाई स्थानिय सरकारले गरेका कामहरु ज्नतासामु पुुराएको बताए । जनताहरुले स्थानिय सरकारको काम कर्तव्यका बारेमा थाहाँ पाएनौ भनेर गुनासो गरेपनि आफ्ना कार्यक्रमहरु पुस्तकमा छपाएर सबैलाई उपलब्ध गराएको संगै सार्वजनिक कार्यक्रम गरि सबैलाई जानकारी गराएको बताए ।
मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगरले जनप्रतिनिधिहरुलाई नागरिक समाजले समयसमयमा अन्र्तक्रिया कार्यक्रम गरि सर्तक बनाउनुपर्ने बताए । जनप्रतिनिधिले गरेका कामहरुको निगरानी गर्नु नागरिक समाजको भूमिका हो , उनले भने,–‘नागरिक समाज र जनप्रतिनिधि आपसी समझदारीमा अगाडी वढनु पर्छ । ’
स्थानिय तहको भूमिका महत्वपूर्ण भूमिका रहेको ऐरावती गाउँपालिकाका प्रवक्ता दामु विकले बताएका छन् । जिल्लाको विकास गर्नका लागि स्थानिय सरकारले विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । पहिले सदरमुकाम सम्म आउनुपर्ने बाध्यता स्थानिय सरकार आएपछि समाधान भएको उनले बताए । स्थानियहरुलाई गाउँपालिकाले सजिलै रुपमा कार्यक्रमहरु जानकारी गराएको उनले बताए । उनले भने,–‘सूचना जानकारी गराउन वडा वडामा सूचना वोर्ड, समय समयका कार्यक्रम र प्रेस संयोजक राखी अगाडी वढेका छौँ । ’
प्युठानमा पछिल्लो समय जनप्रतिनिधिको कार्यसम्पादनमा जनताको गुनासो आएसंगै नागरिक समाजका अगुवाहरुले यसलाई न्युनीकरण र खबरदारी गर्न आफ्ना कार्यक्तम अगाडी वढाएका छन् । केहि समय अगाडी नागरिक समाजका अगुवाहरुले प्युठान नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकामा स्पष्ट्र कार्यक्रम बनाउने र जनतालाई सुसुचित गराउने उदेश्यले ज्ञापनपत्र बुझाएको मानवअधिकारकर्मि पार्वता आचार्यले बताईन् । स्थानिय सरकारले ऐन, नियम बनाउदा नागरिक समाज संग समन्वय गरि आफ्ना कार्यक्रमहरु अगाडी वढाउनुपर्ने उनले बताईन् ।
कर्मचारीको समस्या
जिल्लाका स्थानिय तहमा कर्मचारीको अभाव भएको छ । केन्द्रले तोकीएको कर्मचारी स्थानिय तहमा नपठाउँदा समस्या भएको हो। पुराना कर्मचारीको समायोजनले सरुवा भयो प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले भने ,–‘पुरानोलाई काम गर्न सिकाएका थियौँ, अब नयाँ आउनुहुन्छ होला उहाँलाई सिकाउन कति समय लाग्ने हो । ’ उनले नगरपालिकाले गरेको दैनिक गरेको कामलाई जनता सामु ल्याउनको लागि कर्मचारी समायोजनले गर्दा समस्या आएको बताए । यतिबेला नगरपालिका सक्रमण कालिन अवस्थामा छ । उनले भने,–‘भौतीक पूर्वाधार नहुँनु, दक्ष कर्मचरी नहुँनु, हाम्रोे पहिलो समस्या हो । ’
यस आर्थिक वर्षमा लेखा अधिकृत नयाँ हुनाले पनि समस्या आएको उनले सुनाए । कार्यसम्पादनमा समस्या परेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत फेरिनुले पनि कार्यसम्पादनमा अफ्ठेरो परेको उनले बताए । ऐरावती गाउँपालिकामा पनि कर्मचारीको समस्या भएको प्रवक्ता दामु विकले बताए । १ जना कर्मचारीले धेरै क्षेत्रमा काम गर्नुपरेको उनले बताए । करारमा कर्मचारी राख्दा समेत मलेपले बुरुजु निकाल्ने समस्या हुँदा कर्मचारीको समस्या रहेको उनले बताए । जिल्लाका अरु स्थानिय तहमा पनि कर्मचारीको अभाव रहेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top