शुक्रबार, साउन ८, २०८३ | Friday 24th July 2026

उत्प्रेरणा जगाउँदै प्युठानका स्वास्थ्य आमा समुह


सागर रिजाल
प्युठान, प्यूठान नगरपालिका–३ विजयनगरको मिर्मिरे स्वास्थ्य आमा समुहको मासिक बैठकमा स्वास्थ्यको बारेमा छलफल हुन्छ । आमा समुहमा आवद्ध सदस्यहरुबीच स्वास्थ्य समस्याको बारेमा छलफल र समाधानको बाटो समेत खोज्ने गरिन्छ । तर पछिल्लो समय यस स्वास्थ्य आमा समुहले स्वास्थ्य सम्वन्धी छलफलसँगै सुनौला हजार दिनका महिला सदस्यलाई पोषण उत्प्रेरणा सामाग्री समेत प्रदान गर्न थालेको छ । स्थानीय स्तरमा भैलो खेलेर संकलन भएको रकमले समुहका हजार दिनका सदस्यलाई पोषण सामाग्री दिन शुरु गरेको हो ।
सुनौला हजारौ दिन कार्यक्रम
यस समुहमा सुनौला हजार दिन कार्यक्रम समेत शुरु भएको भएको छ । समुहका सदस्य सुनौला हजारदिन भित्रकी दिलसरा गुरुङले आमा समुहबाट सुनौला हजार दिन कार्यक्रम मार्फत पोषिलो पिठो र अण्डा पाएको जानकारी दिईन् । बच्चालाई पोषिलो खाना खुवाउनुपर्छ भनेर यो सामान दिनुभएको हो, उनले भनिन,–‘ मैले नियमित रुपमा पोषिलो खाना खाने र बच्चालाई पनि खुवाउने छु । ’ आमा समुहबाट यस्तो सामान पाउँदा यो अवस्थामा खानपीनमा ध्यान दिनुपर्ने रहेछ भन्ने कुरा थाहा पाएँको उनले बताईन् ।
विभिन्न सामाग्री प्रदान
स्वास्थ्य आमा समुहले सुनौला हजार दिनका आमा तथा बच्चाको पोषण अवस्था सुधार ल्याउन मौलिक विधी समेत अपनाउने गरेका छन् । समुहले सागपात, गेडागुडी, फलफुल समुहको बैठकका बेला दिने गर्छन् । प्यूठान नगरपालिका–४ खड्गडेराकी गर्भवती माया विकले आमा समुहबाट अण्डा, सावुन, नङकट पाईन् । फागुन महिनामा फुलवारी स्वास्थ्य आमा समुहमा आवद्ध विकले पोषण सामाग्री पाउँदा खुशी लागेको उनी बताउछिन् ।
सुनौलो हजार दिनका आमा र वच्चाको वारेमा छलफल हुन्छ भन्ने थाहा पाएपछि आमा समुहमा बसेको उनले बताइन् । उनले, भनिन,–‘ बैठकमा धेरे कुरा थाहा भयो ।’ चार पटक गर्भजाँच र पोषिलो खानेकुरा नियमित खानु पर्छ भन्ने सल्लाह पाएको उनले बताईन् । समुहवाट पोषण उत्प्रेरणा सामाग्री पाउँदा आफूलाई नियमित पोषिलो खानेकुरा खान थप उत्प्रेरणा मिलेको उनी बताउछिन् । गर्भवती र सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुको महत्ववारे धेरै जानकारि भएको छ,उनले भनिन,–‘अन्न,गेडागुडी, सागपात तथा पहेला फलफूल र माछामाछु वा अण्डा खानुपर्दो रहेछ । ’
सुआहाराले पोषण सामाग्री उपलब्ध गराउदै
सुआहारा दोस्रो चरण कार्यक्रमले आमा समुहको निर्णयवाट पोषण उत्प्रेरणा सामाग्री उपलव्ध गराउदै आएको छ । भर्खर पहिचान भएको गर्भवती, ६ महिना पुगेको वच्चाको आमा र नव प्रसुतीलाई पोषिलो खानेकुरा उपभोग वृद्धिका लागि उत्प्रेरणा दिने उद्येश्यले सामाग्री प्रदान गर्दै आएको सुआहारा कार्यक्रम साझेदार संस्था मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका फिल्ड संयोजक नारायणलाल श्रेष्ठले बताए ।
जिल्लामा ४ सय ४१ हजार दिनका आमा समुह
जिल्लामा रहेका ४ सय ४१ आमा समुह हजार दिनका आमा तथा बच्चाको पोषण अवस्था सुधार गर्न विभिन्न सिर्जनात्मक काम गर्दै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका पोषण फोकल पर्सन जनस्वास्थ्य निरिक्षक डोरबहादुर केसीका अनुसार आमा समुहले उत्पे्ररणा सामाग्री प्रदान, खाद परिकार प्रर्दशनी, सरसफाई, पानी सुद्धिकरणका काम गर्ने गरेका छन् । हजार दिनका आमा तथा बच्चालाई प्रोत्साहनका लागि लिटो, नुन, कपडा, काईयो दिन थालेको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top