मङ्लबार, बैशाख ८, २०८३ | Tuesday 21st April 2026

प्यूठानका मन्दिरहरु शिव लक्षित पुजापाठ


प्यूठान । आज महाशिवरात्रीको दिन प्यूठानका विभिन्न ठाउँका मन्दिरमा शिवलाई सम्झिदै पुजापाठ गर्ने भक्तजनहरुको घुइचो लगेको छ ।
जिल्लाका खलंगा, बाग्दुला, ऐरावती,जुम्रीका श्रीवाङ, विजुवार जुम्री लगायतका मन्दिरमा शिवको पुजापाठ गरि महाशिवरात्री मनाइएको छ । प्यूठान नगरपालिका ४ जुम्री स्थित जल्पाथान मन्दिरमा सत्य साइ सेवा केन्द्र विजुवारको आयोजनामा सामुहिक पुजापाठ भइ सकेको सत्य साई सेवा केन्द्र विजुवारका सदस्य नागेसचन्द्र सुवेदीले जानकारी दिए । बिहानै देखि शिवको नाममा उपासु बसेकाहरुले सामुहिक रुपमा पुजापाठ गरिएको उनले बताए । मन्दिरमा दर्शन गर्ने पुगेका सबै दर्शनार्थीहरुलाई प्रसाद समेत वितरण गरिएको छ । सत्य साई केन्द्र विजुवार प्यूठानले मेला व्यवस्थापन देखि खानपान (प्रसाद)को व्यवस्था गरेको सुवेदीको भनाई छ । पुजापाठसंगै साँझ भजनकृतन गरिने उनले जनाकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top