शनिबार, साउन ९, २०८३ | Saturday 25th July 2026

फोहरमैला व्यवस्थापनमा प्यूठान नगरपालिकाको हेलचक्रयाइ , मानव स्वास्थ्य माथी गम्भिर खेलवाड


प्रकाश बैद्य
प्यूठान ÷ कहिँ नभएको जात्रा ………गाउँमा भने झै जिल्लाको केन्द्रविन्दुमा रहेको प्यूठान नगरपालिकाको फोहोर व्यवस्थापन तरिका विचित्रको छ । नगरपालिकाले नगर सफा राख्न सरसफाइका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि नगर क्षेत्र भरिका फोहोर लगेर झिमरुक नदिमा फाल्ने र फेरी फोहोर निम्ताउने कार्यले घुम्दै फिर्दै …टार भने जस्तै भएको छ ।
झिमरुक नदिमा फोहोर फालेर जलप्रदुषण निम्ताई मानवीय स्वास्थ्य माथी गम्भिर खेलवाड गर्ने काम प्यूठान नगरपालिकाले गरेको छ । नगरपालिकाका १० वटै वडामा जम्मा हुने फोहोर लगेर झिमरुक नदिमा फाल्ने ,फोहोर त्यहि पुर्ने समेत गरेको छ यसले फोहोर फाल्ने क्षेत्र तर्फका वस्तीमा असर पर्ने मात्र नभएर पवित्र झिमरुक नदि दुषित भएर जिल्लावासीको स्वास्थ्यमा गम्भीर समस्या आउने देखिएको छ ।
मानव स्वास्थ्यका लागि शुद्ध पानी अपरिहार्य पदार्थ हो त्यसैले नै पानी शुद्ध रुपमा प्राप्त गर्न हाम्रो गाउँ ठाउँका जल सम्पदाहरुको संरक्षण र स्वच्छता कायम गर्न हामी सवैको ध्यान जानु पर्दछ तर प्यूठानको मुख्य जल सम्पदाहरु दिन प्रति दिन दुषित बन्दै गएका छन् यस तर्फ यहाँको स्थानीय तह गम्भिर भएको देखिदैन ।
प्यूठान नगरपालिकाले सरसफाईको चेतना फैलाउने माइकिङ्ग सहित नगर क्षेत्रका बजार क्षेत्रका फोहोरहरु दिनहुँ नगरपालिकाको गाडिमा बटुलेर लगे पनि सड्ने र नसड्ने फोहोर छुट्याएर यसलाई उचित स्थानमा व्यवस्थापन गर्न नसक्दा थप समस्या उत्पन्न हुने देखिएको छ । झिमरुक नदिमा फोहोर फाल्दा फोहोर फालिएको सत्तरी क्षेत्रका वासिन्दा मात्र होइन यसले झिमरुक नदि दुर्गन्र्धित भई सत्तरी ,पुन्यखोला विजुवार हुँदै हिउँदको समयमा पानी सानो हुँदा खैरा सम्मका वासिन्दालाई असर पर्ने देखिएको छ ।नगरपालिकाको फोहोर व्यवस्थापनमा हेलचक्र्यााईले समस्या बढ्दै गएको स्थानीयको गुनासो छ । स्थानीय छविलाल कार्की भन्दछन् ैहामीले फोहोर व्यवस्थापन गर्न प्यूठान नगरपालिकामा अनुरोध गर्दा सूरुमा केहि दिनलाई मात्रै हो भन्दै नगरपालिकाले फोहोर फाल्ने गर्यो तर २ महिना अगाडि देखि अनुरोध गरेको अहिले सम्म हाम्रो समस्या सुनेको छैन ,सूरुमा फोहोर भरी ल्याएर यहाँ आगो लगाउँथ्यो आज भोली यहि थुपारेर पानी दुिषत मात्र होइन हाम्रो बस्तीलाई धेरै असर परेको छ । ै
सत्तरीको झिमरुक बगरमा नगरपालिकाले जथाभावी फोहोर फाल्ने त्यसपछि कहिले काँही त्यहि बगरमा पुर्ने गरेको छ जसले पुर्न नपाएको बखत त्यो फोहरमा काग भन्किएर त्यस क्षेत्र निकै दुषित बन्न पुग्दा स्थानीय आक्रोशित बनेका छन् । फोहोरमैला फालिएको क्षेत्रका अर्का पिडित वासिन्दा केशव कार्की भन्दछन् ै सरकारको नीति करोडौ रुपैयाँ खर्च गरेर राष्ट्रपति ,उपराष्ट्रपति ,प्रधानमन्त्री समेत नदि सफा गर्न गएको हामीले देखेका छौ तर यहाँ शुद्ध झिमरुक नदिलाई विशुद्ध पार्नको निम्ती सिंगो नगरपालिकाले केहि समयको लागि हो भनेर जनताका आँखामा छारो हालेर नदिको किनारमा ल्याएर फोहोर फाल्नु भनेको यो जस्तो अनैतिक र मानवता विरोधी काम केहि होइन यसको व्यवस्थापन गर्न नगरपालिकाले गल्ने फोहोर एकातिर र नकुहिने फोहोर एकातिर बनाएर यसबाट पनि आम्दानी हुने तरिका अपनाइदिएर व्यवस्थित गरिदिदा जनतालाई मार पर्ने थिएन अझ गर्मी याममा अव यस क्षेत्रमा आउनै सकिदैन यस्तो अवस्थामा कि त नगरपालिकाले जिम्मा लिनु पर्दछ अन्यथा गर्दैछौं भन्ने टार्ने यस्तो तरिकाले समस्या झान बढ्ने छ यो पानी दुःषित हुँदै जाँदा खैरा बरौला हुँदै ऐरावती सम्म झिमरुक दुषित हुने निश्चित छ यसले मानिसको स्वास्थ्यमा कस्तो असर पर्ला ? नगरपालिकाले उचित ठाउँमा व्यवस्थापन गरुस भन्ने हाम्रो माग हो । ै
सत्तरीको बगरमा फोहोर फाल्दा त्यस क्षेत्रको मात्र होइन यसले बिजुवार ,कार्कीडाँडा हुँदै खैरा लगायतका स्थानका वासिन्दालाई पनि प्रत्यक्ष असर पर्ने देखिन्छ किन कि बगेको पानी दुःषीत बने पछि पानी प्रयोग गर्ने मानिसहरुलाई त्यसको असर पर्दछ । सत्तरी बगरको फोहोरले त्यो भन्दा तल नुहाउन ,कपडा धुन पनि मानिसहरु फोहोर फालिएको स्थान भन्दा माथी माथी जाने गरेको समेत स्थानीय बताउँछन् । फोहोरकै विषयमा समस्या राख्दै स्थानीय गंगाराम सुवेदी भन्दछन् ैनगर क्षेत्र भरिको फोहोर ल्याएर यहाँ फाल्ने गरिएको छ यो अत्यन्त गलत छ हामी यस क्षेत्रका मानिसहरु यसको असरबाट बिरामी भयौ भने कि त सम्वन्धित पक्षले जिम्मा लिनु पर्दछ होइन भने यसको उचित व्यवस्थापन हुनु पर्दछ । ै
जिल्लाको केन्द्र विन्दुमा रहेको प्यूठान नगरपालिका क्षेत्रमा पर्ने जलसम्पदाका मुख्य नदि झिमरुक नदि र जुमृखोला दिन प्रति दिन दुषित बन्दै गएका छन् । जुमृखोलाको जुमृ बसपार्क क्षेत्रमा अधिकांश ठाउँमा फोहोर तथा ढल निकासको रुपमा खोलालाई प्रयोग गरिएको छ यसले गर्दा जुमृखोला दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको छ । जुमृखोला मात्र दुर्गन्धित छैन प्यूठान नगरपालिकाका सवै ठाउँमा जम्मा भएका फोहोरहरुलाई बिजुवार कार्किडाँडा पुल माथी सत्तरीको झिमरुक नदिमा लगेर जथाभावी रुपमा प्यूठान नगरपालिकाले फाल्दा दिन प्रति दिन त्यस क्षेत्रका बासिन्दा दुर्गन्धले नाक छोप्दै जीवन यापन गर्नु परेको अवस्था छ ।
हाम्रा नदि नाला सफा गराउन स्थानीय सरकार , आम समुदाय सवै सचेत हुनै पर्दछ । दिन प्रति दिन फोहोर खोला नदिमा फाल्दै जाँदा यसले मानव स्वास्थ्यमा ठुलो असर निम्तन सक्दछ यसै विषयमा प्यू.न.पा. ४ टारीका स्थानीय युवा बुद्धिजीवी दिनेश चन्द्र सुवेदी भन्दछन् ै दिन प्रति दिन घरका फोहोर तथा ढल निकास खोलामा फाल्दा यसले दिर्घकालिन रुपमा ठुलो समस्या निम्तन सक्दछ यसका लागि सम्वन्धित समुदाय तथा सरोकारवाला निकायको ध्यान नजानु दुःखद कुरा हो । ै

नगर क्षेत्र भरिको फोहोर सवै वडामा निश्चित क्षेत्र निर्धारण गरेर गाड्ने या उचित व्यवस्थापन गर्ने तथा नगर क्षेत्र भरिकै फोहोर कुनै जंगल या कसैलाई असर नपर्ने स्थानमा जम्मा गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ । फोहोर फाल्ने स्थल डम्पिङ्ग साईड धेरै रकम खर्च गरेर बनाइए पनि स्थानीयको विरोधका कारण प्रयोग गरिएको छैन । फोहोरमैलाको उचित व्यवस्थापन गर्ने नाममा जनताको स्वास्थ्य सम्वेदनशिलतालाई ध्यान नदिई बस्ती नजिक नदिको बगरमा थुपार्ने ,पुर्ने कार्यले झन मानव स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्दछ यस तर्फ प्यूठान नगरपालिकाले विशेष ध्यान दिनुु पर्ने हुन्छ । यस विषयमा कुरा गर्दा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले फोहोर मैला केहि समयका लागि त्यसो गरिए पनि फोहोरको स्थायी व्यवस्थापन गर्नको लागि नगरपालिकाको ठिक अगाडि संरचना निर्माण भईरहेको र जस अनुसार फोहोरलाई बर्गिकरण गरेर प्राङ्गारिक मल बनाउने तथा फोहोरको प्रकृति अनुसार स्थायी समाधान गरिने योजना रहेको बताए । अबको १० ,१५ दिनमै यो समस्या समाधान हुने समेत नगर प्रमुख कक्षपतिले प्रतिबद्धता जनाए । मेयर कक्षपतिले फोहोर व्यवस्थापन गर्ने योजना बताए पनि केहि समयलाई फोहोर नदिमा फालिएको भन्ने कुराले केहि दिनको फोहोरले मानव स्वास्थ्यमा कति असर पर्दछ भन्ने कुराको हेक्का राख्न नसक्नुले पनि आफैमा गम्भिर विषय छ ।
काठमाण्डौको बागमती दुःषीत भयो भनेर बेला बेलामा काठमाण्डौमा बागमती सरसफाई अभियान सञ्चालन गरिएको हुन्छ तर प्यूठानमा स्वच्छ झिमरुक नदि र जुमृखोलालाई बागमती जस्तो बनाउन थालिएको छ बेलैमा सम्वन्धित पक्ष सचेत हुन जरुरी छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top