
राधिका भुसाल
प्यूठान । नौ बहिनी गाँउपालिका बाहाने प्यूठानमा नि शूल्क आँखा शिविर सम्पन्न भएको छ ।
शनिवार बिहान देखी सूरु भएको आँखा शिविरमा ३ सय ४१ जना आँखाका विरामीहरुले आँखा जाँच गरेका छन् । यस मध्येबाट ३८ जना विरामीको शल्यक्रिया गर्नु पर्ने देखिएको छ ।
नौ बहिनी गाउँपाकिला तथा नेत्रज्योती संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको सहयोग र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक लिमिडेटको आयोजना भएको निशुल्क आखा शिविरमा १ सय ४७ पुरुष र १ सय ९४ महिलाले आँखा जाँच गरेका हुन । आफ्नै घर आँगनमा निशुल्क रुपमा आँखा जाँच गर्न पाएकोमा आफुहरु खुसी भएको वर्ष ८१ का जेदे कामीले बताए । शिविरमा नेत्रज्योती संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारका ५ जना आँखाका डाक्टरहरु खटिएका थिए ।
प्रदेश ५ का प्रदेश सभा सदस्य एवं शिविरका प्रमुख अतिथि हरि रिजालले व्यवसायीक संस्थाले दुर्गम ठाउँमा पुगेर निशुल्क शिविर सञ्चालन गरेकोमा धन्यावाद व्यक्त गरे ।
नौ बहिनी गाउँपालिका अध्यक्ष शिव रिजालको अध्यक्षतामा भएको शिविरको सञ्चालन बैंक क्षेत्रिय प्रवन्धक मेघराज पोख्रेलले गरेका थिए । बैंकले समुदायको आवश्यकतालाई बोध गरी आँखा शिविर सञ्चालन गरेको बताउदै प्रवन्धक पोख्रेलले यस्ता कामका लागि प्यूठानवासीबाट रचनात्मक सुझाव दिन आग्रह समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस !