मङ्लबार, बैशाख ८, २०८३ | Tuesday 21st April 2026

को बन्ला प्यूठानी आइडल ? शनिबार हुने ग्रान्ड फिनालेमा कमल खत्री आउँदै


प्यार अलि खाँन
प्यूठानी आइडलको ग्रान्ड फिनाले सनिवार हुँदैछ । रातामाटा स्थित मुक्ति माध्यमिक विद्यालयको प्रांगणमा ग्रान्ड फिनाले सहित बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।गा्रन्ड फिनालेमा युवा पिंडीका प्रसिद्ध एंव लोकप्रिय गायक कमल खत्रीको आगमन हुने आयोजकले बताएको छ । गायन तथा नृत्य विधा तर्फउत्कृष्ठ १० को विशेष प्रस्तुती हुने र दर्शकको भोटिङ्गको आधारमा विजेता घोषणा गरिने आयोजकको भनाई छ । ‘प्यूठानीको प्रतिभा प्यूठानीले नै छान्ने छन् ।’ निर्णायक बिजय पुनले भने, ‘हामीले यहाँसम्म ल्यायौँ, वाँकी जिम्मा प्यूठानीकै ।’उत्कृष्ठ १० नै उपाधीका दावेदार हुने पुनको भनाई छ । ‘फाईनलमा प्रतिस्पर्धीले उत्कृष्ठ प्रस्तुति दिन प¥यो ।’ पुन भन्छन्, ‘जनता जनार्दन, दर्शकको मन जित्ने गरि परफर्म गर्नुप¥यो ।’
आइडल बन्न प्रतिस्पर्धीहरु कम्मर कसेर अन्तिम कसरतमा लागी परेको कार्यक्रम संयोजक भोजराज थापाले बताए । उत्कृष्ठ नाँच्न र गाउन, एकले अर्कोलाई जित्नप्रतिस्पर्धीहरुले जिल्ला बाहिर समेत गएर प्रशिक्षण लिईरहेको थापाको भनाई छ । अहिले प्यूठानका मूख्य बजारहरुमा को बन्ला र कस्ले जित्ला आइडल भन्नेबारे चौतर्फी अनुमान र अड्कलबाजीहरु भैरहेका छन् । जिल्लाका मुख्य व्यापारिक केन्द्रबाट सयौँ प्रतिस्पर्धीहरुको भिंडबाट क्षमतावान प्रतिभालाई विभिन्न चरणमा प्रतिस्पर्धा गराउँदै यहाँसम्म ल्याईएकोले कार्यक्रमको गरिमा बढेको विद्यार्थी नेता सुमन श्रेष्ठ बताउँछन् । ‘प्रविधियुक्त कार्यक्रम छ ।’श्रेष्ठले भने, ‘लुकेर रहेका प्रतिभाहरु प्रस्फुटन भएका छन् ।’नृत्य तर्फ प्यूठानी आइडलको सुरु देखि नै चर्चामा रहेकी क्रिस्टीना श्रेष्ठलेआइडलको उपाधी आफुले नै जित्ने बताएकी छन् । छनौट चरणदेखि नै क्रिस्टिनाको प्रस्तुतिले धेरैको मन जितेको आइडलमा सहभागी अन्य प्रतिस्पर्धिहरु समेत बताउछन् । निर्णायक बिजय पुनले सुरुवाती चरणदेखि नै क्रिस्टिनाको खुलेरै तारिफ गरेका छन् । ९ वर्षे क्रिस्टिना प्यूठान भ्याली एकेडेमी बाग्दुला कक्षा ४ मा अध्ययनरत छिन् । ‘मलाई पुरा परिवारको ाथ छ ।’ क्रिस्टिना भन्छिन्, ‘आइडल जित्ने कन्फीडेन्ट बढेर गएको छ ।’
नृत्य तर्फ उता भिंगृकी प्रमिला बुढामगर पनि आफुनै आइडल बन्ने बताउँछिन । माण्डवी गाँउपालिका रातापानीकी समिक्षा वलि ऐरावती गाँउपालिकाकी सिर्जना जि.सी पनि आईडल बन्ने दौडमा आफुलाई खरो रुपमा प्रस्तुत गरेका छन् । यस्तै सरुमारानी गाँउपालिकाकी सुनिता पुनमगर, भिंगृकै मुस्कान जि.यम पनि आफुलाई आइडलको उपाधी जित्ने दौडमा प्रस्तुत गरेका छन् । गायन तर्फ उपाधी दौडमा सुजित वि.क, सुनिता बुढामगर, बिजय केसी र नरेश वि.क.को नाम चर्चामा छ । ‘आइडल कार्यक्रम मार्फत लुकेर रहेको प्रतिभा उजागर भएको छ ।’ संयोजक थापाले भने, ‘हामी प्रतिभाको सम्मान गर्ने छौँ ।’ नव प्रतिभाको लागि कार्यक्रम राम्रो प्लेटफर्म भएको थापाको विश्वास छ ।नाट्यस्वर कलाकेन्द्र तथा इभेन्ट म्यानेजमेन्ट नुवाकोटले आइडलको संयोजन गरेको हो । गायन तथा नृत्य विधाको जज तथा मूल्याकंन विजय पुन र दिपक परियारले गरिरहेका छन् ।
जिल्लाको दरभान, जस्पुर, बरौला, जुम्री, बाग्दुला, खलङ्गा, मच्छी र भिंगृबाट प्रतिस्पर्धिहरुलाई छनौट गरिएको थियो । ‘गा्रन्ड फिनालेको तयारीमा छौँ ।’पुनले भने, ‘लुकेर रहेका ट्यालेण्टेड प्रतिभाको कदर हुनेछ ।’ सुन्दर प्यूठान र प्यूठानीहरुको प्रतिभालाई मुल्याकंन गर्न पाउँदा खुसी लागेको पुनको प्रतिक्रिया छ ।
१७ गते हुने फाईनल कार्यक्रमको तयारी अन्तिमचरणमा पुगेको कार्यक्रम निर्देशक मिथुन रावतले बताए । ‘फाईनलमा टप १० को प्रस्तुति रहने छ ।’ रावतले भने, ‘निर्णायकको मूल्याकंन र जनताको भोटको आधारमा आइडल छान्ने छौँ ।’ उत्कृष्ठ १० को विशेष प्रस्तुति हुने बृहत सांस्कृतिक कार्यक्रमको विशेष आर्कषणमा बहुचर्चित गायक कमल खत्रीको प्रस्तुति रहने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top