
राधिका भुसाल
प्यूठान । प्यूठान नगरपालिका भित्रका १७ वटा विद्यायलहरुको शैक्षिक सामग्री एउटै ठाउँमा प्रर्दशन गरिएको छ ।
प्यूठान नगरपालिका प्यूठानको आयोजना र सेभ द चिल्ड्रेन÷कालिका विकास केन्द्रको सहयोगमा विद्यार्थीलाई पठनपाठन गर्दा विद्यालयहरुले बनाइका शैक्षिक सामग्रीहरु मुक्ति मा.वि. रातामाटाको प्राङगणमा शुक्रबार प्रदर्शन गरिएको हो ।
शैक्षिक सामग्री प्रदर्शन कार्यक्रमका प्रमुख अथिति एवं प्रदेश सांसद हरि प्रसाद रिजालले शिक्षामा नयाँ प्रविधिको विकास भएकोले पाठ्यक्रमले मागे अनुसार विद्यार्थीलाइ शैक्षिक सामग्री मार्फत अध्ययन गराउनु पर्ने बताए । ‘अब विद्यार्थीले हरेक कुराको अवलोकन गरेर पढ्न पाउनु पर्छ’–सांसद रिजालले भने–‘आजका विद्यार्थी भविष्यका राष्ट्र निर्माणकर्ता हुन त्यसैले शिक्षकहरुले नयाँ प्रविधिलाई स्वीकार गर्दै शिक्षण सिकाइ क्रियाकलाप गराउनु पर्छ ।’ विज्ञानको चमत्कारलाई प्रयोग गर्न सकेमा मात्रै हाम्रो मुलुकको विकास हुने उनले बताए ।
आजका बालबालिकाको उज्जवल भविष्यको लागि शिक्षक, अभिभावक, शिक्षाप्रेमी, सरोकारवाला सबैले जिम्मेवार भएर सहयोग गर्न आग्रह समेत गरेका छन् ।
प्यूठान नगरपालिकका नगरप्रमुख अर्जुन कुमार कक्षपतिको अध्यक्षतामा भएको शैक्षिक सामग्री प्रदर्शन कार्यक्रममा शारदा आधारभुत विद्यालय प्रथम, नेरा आधारभुत विद्यालय द्धितिय र कन्याकुमारी प्रा.वि तृतिय भएका छन् । प्रथम, द्धितिय र तृतीय स्थान लिन सफल विद्यालयहरुलाई क्रमशः १० हजार, ६ हजार र ३ हजार नगद सहित प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।
त्यस्तै अन्य सहभागी बाल ज्योती आधारभुत विद्यालय, भानु प्रावि पाखाचिती, क्षेत्र विकास मा.वि., सालघारी प्रा.वि., सरस्वती प्रा.वि., शिशु कल्याण प्रा.वि, जनता मा.वि., डिलेश्वरी प्रा.वि., बाल मन्दिर प्रा.वि., विद्याभण्डार आधारभुत, भुवनेश्वरी मा.वि. जनसेवा प्रा.वि. र मुक्ति मा.वि. रातामाटालाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्यूठान नगरपालिकाका प्यूठानका उप मेयर शान्ता आचार्यको स्वागतसंगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक विष्णुप्रसाद पोख्रेलले गरेका थिए
कमेन्ट गर्नुहोस !