सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

असारमा एकता महाधिवेशन गर्ने नेकपाकाे तयारी


काठमाडौँ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लज्जास्पद हार बेहोरेको नेपाली कम्युनिस्ट पार्टीले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । अहिले नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध मुख्य घटक माओवादी केन्द्र एक्लैले २०७९ सालको निर्वाचनमा ३२ सिट जितेको थियो । नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलसँग एकताका बाबजुद फागुन २१ मा भएको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी १७ सिट जितेर चौथो स्थानमा पुगेको छ ।

साविक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ वटा वामपन्थी घटकसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो । तर पार्टीले अनुमान गरे विपरीत चुनावी परिणाम आएपछि फागुन २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रारम्भिक समीक्षा गरेको  थियो ।

सातै प्रदेशका निर्वाचन परिचालन समितिका संयोजकसहित बसेको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाप्रति देखिएको जनलहरका कारण पार्टीले धक्का खाएको निष्कर्ष सुनाएका थिए । यद्यपि पार्टीले जित्ने सुनिश्चित भएको स्थानमा पनि आफ्ना उम्मेदवार कसरी पराजित भए भन्ने सन्दर्भमा अर्को बैठकमा गम्भीर समीक्षा हुने नेता राजेन्द्र श्रेष्ठले बताएका थिए ।
यसै विषयमा समीक्षा गर्न एक÷दुई दिनमा सचिवालय बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top