बुधबार, माघ २९, २०८२ | Wednesday 11th February 2026

माओबादी संयोजक केसी मातृ शोकमा



प्यूठान, नेकपा माओबादी केन्द्र प्यूठानका संयोजक तथा लुम्विनी प्रदेश कमिटी सदस्य प्रभात केसी ( यज्ञ बहादुर ) मातृशोकमा परेका छन् । केसीको ममतामयी आमा हरिकला केसीको आइतवार निधन भएको छ ।
माओबादी केन्द्र लुम्विनी प्रदेश कमिटी सदस्य राधा अधिकारीकी सासु आमा समेत रहेकी केसीको कमजोर स्वास्थ्य अवस्थाका कारण ९२ बर्षको उमेरमा निधन भएको हो । माओबादी केन्द्रको संगठित सदस्य तथा क्रान्तिको आमाको परिचय बोकेकी स्वर्गीय हरिकला केसीको झिमरुक नदी किनारमा एक श्रद्धान्जली तथा शोक कार्यक्रमको आयोजना गरी बिधिपूर्वक दाहसंस्कार तथा अन्त्येष्टी गरिएको थियो ।
कार्यक्रममा संबधिानसभा सदस्य तथा माओबादी केन्द्र प्यूठानका इन्चार्ज नारायण प्रसाद अधिकारीले स्व. हरिकला नेपालको परिबर्तनकारी आन्दोलनमा एउटा अभिभावक रहेको बताउदै उहाँबाट पुरयाइएको योगदानको पाठ आजका राजनीतिक कार्यकर्ताले अनुसरण गर्नुपर्ने बताएका थिए । साथै लुम्विनी प्रदेश कमिटी सदस्य कृष्ण घिमिरेले क्रान्तिको आमा हरिकलाकै प्रेरणाका कारण परिवारले राजनीतिक क्षेत्रमा योगदान पुरयाउदै आएको बताएका थिए । स्वर्गीय केसीप्रति हाम्रो एकता प्रकाशन परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top