
प्यूठान, सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील ब्यक्तित्व शरदराज पौडेलको शनिवार निधन भएको छ ।
प्यूठान नगरपालिका ७ बिजुवार निवासी पौडेलको शनिवार ५७ बर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि नसा संबन्धि रोगले पीडित पौडेलको उपचारार्थ बाहिर लैजादै गर्दा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
अत्यन्तै मिलनसार तथा सुशील स्वभाव, सहयोगी भावना र सामाजिक सेवाभावले ओतप्रोत पौेडेलको निधनले सामाजिक योगदानका क्षेत्रमा अपुरणीय क्षेती पुगेको छ । पौडेलको आइतवार अपरान्ह ३ बजे झिमरुक नदी किनारमा दाहसंस्कार तथा अन्त्येष्टि गरिएको थियो ।
गाँउका गहनाका रुपमा लिइने सरल ब्यक्तित्व पौडेलले स्थानीय क्षेत्र बिकास माध्यमिक बिद्यालयमा अध्यापनरत हुनुका साथै बिभिन्न सामाजिक संघसंस्थामा रहेर उच्च योगदान पुरयाउदै आएका थिए ।
पौडेलका एक श्रीमती र २ छोरा छन् । यस हाम्रो एकता साप्ताहिकका शुभचिन्तक समेत रहेका पौडेल प्रति प्रकाशन परिबार हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ ।
कमेन्ट गर्नुहोस !