शनिबार, कार्तिक २३, २०८२ | Saturday 8th November 2025

प्युठान नगरपालिकाको सहयोगमा चक्रीबाङ्गमा बृहत् खानेपानी पुग्यो  


प्युठान ,प्युठान नगरपालिका , प्युठान नगरपालिका  वडा न ३ को  आर्थिक  सहयोगमा प्युठान नगरपालिका वडा न ३  चक्रीबाङ्गमा बृहत् खानेपानीको सेवा क्षेत्र बिस्तार भएको छ ।

नगरपालिकाको ५ लाख आर्थिक सहयोगमा खानेपानी योजना बिस्तार भएको हो ।

आज नगर प्रबक्ता एवं  प्युठान नगरपालिका वडा न ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठले चक्रीबाङ्ग समुदायका बासिन्दाहरुको पानीको धारा खोली खानेपानी  उद्घाटन गर्नुभयो । नगर क्षेत्र भित्रका सबै बासिन्दाहरुलाइ खानेपानीको आवश्यकता पूरा गर्ने नगरको योजना अनुरुप चक्रीबाङ्गका बासिन्दाको समस्यालाइ मध्यनजर गर्दै बजेट बिनियोजन गरिएको भन्दै प्रबक्ता श्रेष्ठले नगरका अन्य खानेपानी समस्या भएका  बस्तिहरुमा  प्राथमिकताका साथ योजना अघि बढाइ खानेपानी समस्या समाधान गर्ने नगरको योजना रहेको बताउनुभयो ।

घर घरमा खानेपानी आए पछि चक्रीबाङ्गका बासिन्दाहरु खुसी भएका छन् । खानेपानीको ब्यबस्था नहुदा चक्रीबाङ्गबासिले हाल सम्म जुम्री खोला तथा मेथिखोलाको मुलबाट बोकेर धमिलो पानी खान बाध्य भएका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top