शनिबार, जेष्ठ ३२, २०८२ | Saturday 14th June 2025

नेपालगन्जमा प्रदेश्स्तरीय साकोस गोष्ठी 


नेपालगन्जमा प्रदेशस्तरीय  साकोस गोष्ठी

नेपालगन्ज ,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ  लि नेफ्स्कूनको आयोजनामा  आज नेपालगन्जमा १ दिने प्रदेशस्तरीय गोष्ठी सुरु भएको छ ।

गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बचत ऋण सहकारीका सहकारीकर्मिहरुको सहभागिता रहेको  हो ।

नेफ्स्कुनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता रहेको गोष्ठीको   उद्घाटन  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका हुन् ।

गोष्ठीमा साकोस अभियानको प्रबर्द्धन र हितका लागि आगामी कार्यदिशा ,सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रबर्द्धनमा लेखा सुपरिवेक्षण समितिको भुमिका र बचत तथा ऋण सहकारिको सस्थागत बिकासमा सरकार र अभियानको साझा सवाल तीन वटा बिषयको कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top