शनिबार, जेष्ठ ३२, २०८२ | Saturday 14th June 2025

निर्माण ब्यबसायी संघ प्युठानद्वारा  प्रमुख जिल्ला अधिकारिलाइ स्वागत 


प्युठान ,निर्माण ब्यबसायी संघ प्युठानले प्युठानका नब आगन्तुक  प्रमुख जिल्ला अधिकारिलाइ स्वागत गरेको छ ।

संघको बिजुवार स्थित कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाललाइ एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो ।

 

 

अध्यक्ष नबिन कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रथम उपाध्यक्ष शोभाराम न्यौपानेले स्वागत मन्तब्य राखेका थिए ।कार्यक्रममा मन्तव्य राख्दै  निर्माण ब्यबसायी संघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठले प्युठानका निर्माण ब्यबसायिको समस्या समाधानमा प्रमुख जिल्ला अधिकारिको महत्वपूर्ण सहयोगको अपेक्षा राखेका थिए ।

केन्द्रीय सदस्य श्रेष्ठले जिल्लाका विभिन्न निर्माण कार्यमा बाहिरका ब्यबसायिलाइ ठेक्का दिइएको,झिम्रुक नदिबाट ढुङ्गा ,बालुवा  लगायतका निर्माणजन्य बस्तु  निकाल्दा  ब्यबसायिले सास्ती ब्यहोर्नु परेको, जिल्ला दर रेट समय सापेक्ष   नहुदा  समस्या ब्यहोर्नु परेको लगायतका समस्या बारे ध्यानाकर्षण गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी नेपालले निर्माण ब्यबसायिले EIA गरेर सो को मापदण्ड  अनुसार काम गर्नुपर्नेमा  सुझाएका थिए । ब्यबसायिले  टेण्डर हाल्दा छलफल गरेर गर्नुपर्ने ,स्थानिय निकायले EIA गर्दा बिचार गर्नुपर्ने तथा स्थानीय निकायले  जिल्ला समन्वय समिती सङ्ग  समन्वय गरि EIAगर्ने बेला नै  व्यापक छलफल  गरि कार्य गर्नुपर्नेमा  जोड दिए ।

कार्यक्रमको संचालन निर्माण ब्यबसायी संघ प्युठानका महासचिव आर्जुबाबु के सि ले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top