प्युठान ,प्युठान नगरपालिका वडा न ३ घारिकुलो स्थित सिसुवापाखा प्रतिक्षालयमा क्रियापुत्री कोठा निर्माण हुने भएको छ ।
सिसुवापाखा क्रियापुत्री प्रतिक्षालयमा दिवङगत भएकाको काजकिरियाका लागि प्युठान नगरपालिकाको बजेट लागतमा किरियापुत्री कोठा निर्माण हुन लागेको हो ।
प्युठान नगरपालिका वडा न ३ का अध्यक्ष सुमन राज श्रेष्ठको उपस्थितिमा आज बसेको भेलाले गुमान राज पुलामिको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता तथा निर्माण समिती गठन गरेको छ ।समितिको सचीव भावना के सि ,कोषाध्यक्ष मोहन लाल पौडेल र सदस्यहरु मनु लामा,कृष्ण खड्का लगाएतका रहेका छन् ।
हाल प्युठान नगरपालिकाबाट २५०००० बजेट बिनियोजन भएको जानकारी दिदै प्युठान नगरपालिकाका प्रबक्ता एवं वडा न ३ का अध्यक्ष सुमन राज श्रेष्ठले परिवारका सदस्यको निधन हुदा काजकिरिया गर्ने घर नभएकाहरुको वास्तविक समस्यालाइ बोध गरि किरियापुत्री कोठा निर्माणका लागि बजेट बिनियोजन गरिएको र यसलाइ क्रमश योजनागत रुपमा थप ब्यबस्थित गर्दै लगिने बताए ।
परिवारका सदस्यको निधन हुदा काजकिरिया गर्ने ठाउँ ब्यबस्थित नहुदा समस्या भोग्दै आएका स्थानियाबासी एवं सर्बसाधारणको सहजताका लागि प्युठान नगरपालिकाको किरियापुत्री कोठा निर्माण गर्ने योजना अत्यन्त सकारात्मक छ । योजनाको लागि आवश्यक थप बजेट भने नगरपालिकाले ब्यबस्थापन गर्नुपर्ने हुन्छ । जनताका एस्तै मनजित्ने कार्यक्रम स्थानिय तहले अघि सार्नुपर्नेहुन्छ । योजना ठूलो या सानो आकारको कुरा होइन योजनाले लक्षित बर्गमा कस्तो प्रभाव पार्दछ त्यो महत्वपूर्ण बिषय हो ।
कमेन्ट गर्नुहोस !