शनिबार, जेष्ठ ३२, २०८२ | Saturday 14th June 2025

सिसुवापाखा प्रतिक्षालयमा क्रियापुत्री कोठा निर्माण हुने


प्युठान ,प्युठान नगरपालिका वडा न ३ घारिकुलो स्थित सिसुवापाखा प्रतिक्षालयमा क्रियापुत्री कोठा निर्माण हुने भएको छ ।

सिसुवापाखा क्रियापुत्री प्रतिक्षालयमा दिवङगत भएकाको काजकिरियाका लागि प्युठान नगरपालिकाको बजेट लागतमा किरियापुत्री कोठा निर्माण हुन लागेको हो ।

प्युठान नगरपालिका वडा न ३ का अध्यक्ष सुमन राज श्रेष्ठको उपस्थितिमा आज बसेको भेलाले गुमान राज पुलामिको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता तथा निर्माण समिती गठन गरेको छ ।समितिको सचीव भावना के सि ,कोषाध्यक्ष मोहन लाल पौडेल र सदस्यहरु मनु लामा,कृष्ण खड्का लगाएतका रहेका छन् ।

हाल प्युठान नगरपालिकाबाट २५०००० बजेट बिनियोजन भएको जानकारी दिदै प्युठान नगरपालिकाका प्रबक्ता एवं वडा न ३ का अध्यक्ष सुमन राज श्रेष्ठले परिवारका सदस्यको निधन हुदा काजकिरिया गर्ने घर नभएकाहरुको वास्तविक  समस्यालाइ बोध गरि किरियापुत्री कोठा  निर्माणका लागि बजेट बिनियोजन गरिएको र यसलाइ क्रमश योजनागत रुपमा थप ब्यबस्थित गर्दै लगिने बताए ।

परिवारका सदस्यको निधन हुदा काजकिरिया गर्ने ठाउँ ब्यबस्थित नहुदा समस्या भोग्दै आएका स्थानियाबासी एवं सर्बसाधारणको सहजताका लागि प्युठान नगरपालिकाको किरियापुत्री कोठा निर्माण गर्ने योजना अत्यन्त सकारात्मक छ । योजनाको लागि आवश्यक थप बजेट भने  नगरपालिकाले ब्यबस्थापन गर्नुपर्ने हुन्छ । जनताका एस्तै मनजित्ने कार्यक्रम स्थानिय तहले अघि सार्नुपर्नेहुन्छ । योजना ठूलो या सानो आकारको कुरा होइन योजनाले लक्षित बर्गमा कस्तो प्रभाव पार्दछ त्यो महत्वपूर्ण बिषय हो ।

  1. स्मरण रहोस गत  केही महिना अघि प्युठान न पा ४ मा बस्दै आएका यातायात मजदुर  सेते भनेर चिनिने उज्वल बुढामगर  को निधन हुदा काजकिरिया गर्ने ठाउँ नपाउदा प्युठान नगरपालिका वडा न ३ का अध्यक्ष सुम्न राज श्रेष्ठको सहजीकरणमा सापडाडा स्वास्थ्य चौकिको निर्माणाधिन भवनमा काजकिरिया गरिएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top