आइतवार, जेष्ठ १२, २०८२ | Sunday 25th May 2025

गितको माध्यम बाट सामाजिक चेतना जगाउदै गन्दर्भ बिकास समाज


प्रकाश वैद्य

प्युठान , यति राम्रो कानुन बन्या छ,

बालबिबाहको उजुरी नगर्दा त्यही भएर दुख पाइया छ ।

नखाऔ चुरोट,जाड रक्सी गाजा

मर्छन युबा अकालमा नजान्दा ।

यो   हो मंगलबार प्युठान नगरपालिकामा गन्दर्भ बिकास समाज प्युठानका कलाकारहरुले प्रस्तुत गरेको चेतनामुलक गित ।

समाजका अध्यक्ष ध्रुव गन्दर्भको नेतृत्वमा एतिबेला जिल्लाका विभिन्न सामाजिक कार्यक्रम होस या स्थानीय तह तथा सार्बजनिक सेवा प्रदायक निकायहरुमा पुगि समाजका कलाकारहरुले गितका माध्यम बाट समाज रुपान्तरण गर्न महत्त्वपूर्ण भुमिका खेल्दै आएका छन् ।

समाजका कलाकारहरुको यो अभियानमा सर्बसाधारण देखि आम बौद्धिक जमातले चासो दिन थालेको छ ।

विभिन्न सामाजिक अभियानका नाममा ठूलो रकम खर्च गर्ने तर परिणाम संतोषजनक नदेखिने अहिलेको अवस्थामा यी कलाकारहरुलाइ सामाजिक अभियानका कार्यक्रममा जोडेर अघि बढ्न सके समाज रुपान्तरण गर्ने चेतनामुलक कार्यक्रम प्रभावकारी बन्न सक्दछ ।सम्बन्धित सरोकारवालाको ध्यान जाओस ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top