प्युठान ,प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिको नेतृत्वको एक टोलिले आज मल्लरानी ५ कुमिकोटमा निर्माण भएको सहिद गेटको अवलोकन गरेको छ । मल्लरानी ५ र प्युठान नगरपालिका १ को सिमाना कुमिकोटमा जनयुद्धका सहिद शंकर दलामिको स्मृतिमा निर्माण गरिएको सहिद गेटको टोलिले अवलोकन गरेको हो । टोलिले प्युठान नगरपालिका १ र मल्लरानी ५ अन्तरगत सडक अवलोकनका साथै प्युठान नगरपालिका १ कुमिकोटमा अवस्थित भुमिश्वोरी आधारभुत बिद्यालयको समेत अवलोकन गरेको छ । प्युठान नगरपालिकाका प्रबक्ता एवं वडा न ३ का अध्यक्ष सुमन राज श्रेष्ठ ,कार्यपालिका सदस्य सुनिल सापकोटा ,मल्लरानी गाउपालिका वडा न ५ का अध्यक्ष गोपाल थापा लगायतका ब्यक्तित्वहरुको अवलोकन कार्यक्रममा सहभागिता रहेको थियो । लुम्बिनी प्रदेश सरकारको बजेटबाट बिशेष गरि मल्लरानी गाउपालिका वडा न ५ का अध्यक्ष गोपाल थापाको सक्रियतामा कुमिकोटमा आकर्षक सहिद गेट निर्माण भएको हो । सहिद शंकर दलामिको स्मृतिमा आकर्षक गेट निर्माण हुनु सहिद प्रतिको सच्चा सम्मान भएको बताउदै नगर प्रमुख बिष्णु बहादुर योगिले देशको लागि आफ्नो ज्यान बलिदान दिने सहिदहरुको सम्झनामा एस्ता प्रकारका रचनात्मक योजना हरेक गाउँ बस्तिमा अघि सार्नु पर्ने बताउनुभयो । मल्लरानी गाउपालिका ५ कुमिकोट खैरामा जन्मिएका दलामिको २०५८ माघ १६ गते प्युठान नगरपालिका ६ माझकोटमा तत्कालिन शाही सेनाद्वारा गोलि हानी हत्या गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस !