आइतवार, जेष्ठ १२, २०८२ | Sunday 25th May 2025

बिजय फूलवारी सदस्यका घरघरमा भित्तेपात्रो


प्यूठान, जिल्लाको अगुवा सहकारी संस्था बिजय फूलवारी बचत तथा ऋण सहकारी संस्था प्यूठानले आज आइतवार शुभकामना आदानप्रदान सहित नव बर्ष २०८२ को क्यालेण्डर अनावरण गरेको छ ।
संस्थाका उपाध्यक्ष राधा पुलामीको अध्यक्षतामा आयोजित कार्यक्रmममा प्रमुख अतिथि तथा प्यूठान नगरपालिका नगरप्रबक्ता सुमनराज श्रेष्ठले सो भित्तेपात्रो अनावरण गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बिजय फूलवारी जिल्लाकै उदाहरणीय सहकारी संस्थाको रुपमा स्थापित हुन पूग्दा यसले सहकारीप्रति बिश्वास जागृत गरेको बताउदै अव यसले आफ्नो कार्यक्षेत्र र कार्यसम्पादनको दायरालाई अझै बढाएर लैजानुपर्ने सुझाव दिएका छन् । साथै उनले अन्य सहकारी संस्थाले पनि यस सहकारीबाट धेरै कुरा सिक्न जरुरी रहेकोमा जोड दिए । कार्यक्रममा लेखा समिति संयोजक तथा जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेलले २०८१ बिभिन्न राजनीतिक तथा बिपदजन्य घटनाका दृष्टिले एउटा चर्चामा त रह्यो नै सरकारी क्षेत्रमा भएका बेथितिका खवरले पनि झन धेरै चर्चामा आएको बताउदै सिमित सहकारीमा भएका कमीकमजोरीका कारणले सवै सहकारीहरुलाई त्यही रुपमा बुझ्न नहुने बताए । साथै भित्तेपात्रो पनि सहकारी शिक्षाको प्रचार प्रसारमा टेवा पुरयाउने एउटा इट्टा रहेको उनको भनाई थियो । साथै सो शुभकामना आदान प्रदानमा संस्थाका सल्लाहकार छन्द बहादुर बस्नेत,गुमानराज पुलामी, निर्मला शर्मा त्यस्तै सहकारीकर्मी डिमराज पोखरेल, उमाराम पौडेल, लगायतका बक्ताहरुले सहकारीका बारेमा सुझाव सहित शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका सचिव मोहन सुवेदी संचालनमा भएको कार्यक्रममा स्वागत संचालक प्रभात श्रेष्ठले गरेका थिए ।
क्यालेण्डर अनावरण पछि आजै सहकारीका घरघरमा कयालेण्डर बितरण गर्ने कार्यक्रम रहेको छ ।
२०५५ सालमा स्थापित यस बिजय फूलवारी साकोसमा हाल ५ हजार ७ सय ३३ सदस्य आबद्ध रहेका छन् भने कुल २८ करोड ३६ लाख १२ हजार ८ सय तीन बरावरको कारोवार रकम छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top