आइतवार, जेष्ठ १२, २०८२ | Sunday 25th May 2025

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गियो


आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री बिद्या भट्टराई तथा मन्त्रालयका सचिव डा.दीपक काफ्ले सहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घका सह अध्यक्ष नानुमाया पराजुली सहितको टोली सहभागी थियो ।
मन्त्रालयमा बिहीबार साँझ भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव शिवहरी सापकोटाले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘आजदेखि सरकार र आन्दोलनरत शिक्षकबीचमा वार्ताको प्रारम्भ भएको हो । कुनै निष्कर्ष निस्केको छैन । सरकारको तर्फबाट मन्त्री ज्यूले माग पुरा गर्नका लागि पहल भइरहेको छ भनेर सम्झाउनुभयो ।’ प्रवक्ता सापकोटाले वार्तालाई निरन्तरता दिनेगरी बिहीबारको वार्ता टुङ्गिएको जानकारी दिए ।

source:nepal press

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top