प्रकाश बैद्य
प्यूठान, उनी हुन् होटल व्यवसायी संघ प्यूठानका संस्थापक अध्यक्ष शिव बहादुर पुलामी । वि.स. २०६५ सालमा जिल्लाका होटल व्यवसायीहरुलाई संगठित गर्दै उनले होटल व्यवसायी संघ प्यूठानको स्थापना गरे ,जस् पश्चात् प्यूठानको होटल व्यवसायी संघले आफ्ना व्यवसायीहरुलाई संगठित गर्दै व्यवसायीहरुको हकहितका लागि गतिवधि अघी बढायो ।
जिल्लाको व्यवसायिक क्षेत्रमा कुनै न कुनै नयाँ एवं भिजनेबल गतिविधिहरु अगाडि सारी फरक ढंगले प्रस्तुत हुदै आएका पुलामीले यतिवेला प्यूठान नगरपालिका वडा न.३ स्थित जुम्रीमा बबल टि एण्ड आइस गोला नामक नयाँ अलि फरक व्यवसाय सुरु गरी धमाधम आफै सक्रिय छन् ।
त्यसो त पाहुना होटल ,पपुलर आइसक्रिम ,पपुलर मोटरड्राइभिङ्ग नामका आफ्ना छुट्टा छुट्टै व्यवसायमा पुलामीले सफलता प्राप्त गरीसकेका छन् ।
पुलामी आफै सक्रिय भएर सञ्चालन गरेको बबल टि एण्ड आइस गोला व्यवसाय झट्ट हेर्दा बुटवल ,काठमाण्डौ लगायतका शहरका चोक चोकमा सञ्चालन गरिएका व्यवसाय भन्दा कम छैन । सजाएर राखिएका रङ्गिविरङ्गी बोतलहरु ,फिल्टरको खानेपानी,आइसक्रिमका सामानहरु,बबल टि बनाउन चाहिने सामानहरु तथा सानो स्थानमा गरिएको सजावत एवं सरसफाई पुलामीको व्यवसायको आकर्षणहरु हुन् ।
बबल टि एक प्रकारको ताइवानी फुरुट्स हो । ताइवानबााट सुरुवात भई थाइल्याण्ड हुदै , काठमाण्डौमा समेत केही समय अघी मात्र आएको ,जिल्लामा नयाँ व्यवसाय आफुले सुरुवात गरेको ,धेरै प्रकारका विभिन्न फुरुट्सका फेलेवर आफु संग रहेको तथा विभिन्न प्रकारका आइसक्रिमका प्रकारहरु आफु संग उपलव्ध हुने गरेको व्यवसायी पुलामीले बताए ।
फरक खालको पुलामीको व्यवसायमा नियमित रुपमा बबल टि खान सर्वसाधारणहरु क्रमश आउन थालेका छन् ।
कमेन्ट गर्नुहोस !