आइतवार, चैत्र ९, २०८१ | Sunday 23rd March 2025

स्वर्गद्धारी तपोभुमिमा तेस्रो क्याविनेट बैठक, एक हजार लायन्सकर्मीहरुको जमघट हुदै


प्यूठान, सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लव इन्टरनेशनलमा आवद्ध करिव १ हजार लायन्स सदस्यहरुको प्यूठानको स्वर्गद्धारीमा जमघट हुने भएको छ ।
यही फागुन ३ गते हुने लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट 325 N तेस्रो क्याविनेट बैठकको अवसरमा भालुवाङ्ग देखी कर्णाली सम्मका लायन्स क्लवका करिव १ हजार सदस्यहरुको बैठकमा सहभागिता हुने आयोजकले जनाएको हो ।
प्यूठानको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा सहित स्वर्गद्धारी तपोभुमिमा आयोजना गर्न थालिएको क्याविनेट बैठकमा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट325 N का गभर्नर विनोद कुमार श्रेष्ठ,पूर्व गभर्नरहरु मुकुट ढकाल,श्याम शाक्य,शि.वि. चन्द ,मधुसुदन शर्मा ,मल्टिपल काउन्सिलका प्रमुखहरु,जोन ,रिजन प्रमुखहरु,१२० क्लवका अध्यक्षहरु तथा विभिन्न क्षेत्रका सामाजिक विशिष्ट व्यक्तित्वहरुको विशेष उपस्थिति रहने लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट 325 N एरिया २ का रिजन चेयरपर्सन लोक बहादुर बस्नेतले जानकारी दिए ।

बैठकमा विशिष्ट व्यक्तित्वहरुबाट विशेष सम्बोधन,परियोजना प्रस्ताव पास गर्ने,उत्कृष्ट क्लवहरुलाई सम्मान तथा आगामी बैशाख महिनामा हुने डिष्टिक चुनावी अभियान लगायतका कार्यक्रमहरु हुने समेत बस्नेतले जानकारी दिए । फागुन २ गते प्रि क्याविनेट हुने तथा ३ गते हुने तेस्रो क्याविनेट बैठक भव्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक कार्य जिम्मेवारी बाँडफाँड गरी तयारी समेत अघी बढेको उनले बताए ।
प्यूठानको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउन अतिथिहरुलाई स्थानीय होटेल तथा स्वर्गद्धारीमा अवस्थित होमस्ट्रेमा बास बसाल्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आँखा अस्पताल सञ्चालन,विपदमा सहयोग,बालबालिकाको लागि दिवा खाजा कार्यक्रम प्रोजेक्ट सञ्चालन लगायतका नेपालमा विभिन्न महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गरेको लायन्स क्लवले प्यूठानमा क्रियाशिल ६ वटा लायन्स क्लवहरुको सक्रियतामा प्यूठानमा डायलाइसिस मेशिनका लागि आवश्यक सहयोग गरेको छ । लायन्स क्लवको प्रयासबाट किड्नीका बिरामी लायलाइयसिस उपचारका लागि बुटवल नेपालगञ्ज लगायतका स्थानमा पुग्न पर्ने कठिनाईबाट मुक्त हुनेछन् यसको प्रभावकारी कार्यान्वयन भने हुन जरुरी छ ।

 

 

संसारमै बिपद्को बेला अग्रस्थानमा आफ्नो उपस्थिति जनाउने सामाजिक संस्था लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट 325  एनको तेस्रो क्याविनेट बैठक स्वर्गद्धारी प्यूठानमा हुदैछ ,बैठक अर्थपूर्ण बनोस् ।

 

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top