मङ्लबार, फाल्गुन २६, २०८२ | Tuesday 10th March 2026

मृतक सदस्यका परिवारलाई विजय फूलबारीद्धारा २५ हजार राहत


 

प्यूठान,विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. ले मृतक सदस्यका परिवारलाई २५ हजार नगद राहत प्रदान गरेको छ ।

प्यूठान नगरपालिका वडा न. ३ कुवापानी निवाशि मृतक सदस्य चुमा कुमारी खड्काको परिवारलाई संस्थाले आज नगद रु २५ हजार तथा समबेदना पत्र प्रदान गरेको हो ।
प्यूठान नगरपालिका वडा न.३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठले संस्थाको राहत कोष कार्यक्रम अन्तर्गत मृतक सदस्यका परिवारलाई नगद रकम प्रदान गरे । वडा अध्यक्ष सुमन राज श्रेष्ठ,संस्थाका अध्यक्ष नेत्रमणी आचार्य ,वडा न. ३ का सचिव ध्वज बहादुर के.सी.सञ्चालक प्रभात श्रेष्ठ ,व्यवस्थापक प्रकाश बैद्य लगायतको टोलीले मृतक सदस्यको घरमै पुगेर राहत कोष सहयोग उपलव्ध गराएको हो । संस्थाका सदस्यको सुःख दुःखमा साथ दिन संस्थाले सदस्य केन्द्रीत हरेक गतिविधी अघि बढाएको बताउदै सदस्यको निधन भई दुःखको बेला परिवारजनमा मलम पट्टि लगाउन सहयोग पुग्ने हेतुले सदस्य मृत्यू राहत कोष सहयोग कार्यक्रम अघि सारेको संस्थाका अध्यक्ष नेत्रमणी आचार्यले जानकारी दिए ।

फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. र बिजयलक्ष्मी महिला बहुउद्धेश्यीय सहकारी संस्था लि. एकीकरण भई बनेको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. मा हाल ५ हजार ६ सय बढी सदस्य रहेको तथा संस्थाले सदस्यहरुको सेवालाई ध्यानमा राखी सदस्य मृत्यू राहत कोष , घाटखर्च सहयोग ,सुत्केरी भेटघाट, औषधि उपचार ऋण ,अस्पतालमा छुट,सदस्य बीमा, कृषि व्यवसाय प्रवद्र्धन लगायतका कार्यक्रमहरु सञ्चालन गरेको संस्थाले जनाएको छ । संस्थाले सदस्यहरुको सेवाका लागि मोबाइल बैंकिङ्ग सेवा समेत सञ्चालन गरेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top