“नेपाल गए कपालसंगै, बर्मा गए कर्मसंगै ।” अहिले यो उखान नेपालीको लागि निकै चरितार्थ भएको छ । हुन पनि हो, नेपालीको लागि विदेशमा पनि रुनु छ , स्वदेशमा पनि रुनु छ । स्वदेशमा बसेर दशै तिहार मेलापर्व मानुन् भने कसरी मानुन् अर्काको छोरीको जिम्मेवार आफ्नो काखमा ल्याई सकेपछि उनीबाट बालबच्चा हुन्छ , बाल–बच्चालाई लेखाउन पर्यो, पढाउन पर्यो, खान लाउन दिनै पर्यो । जहानले लाउन खोच्छिन् खान खोच्छिन्, खान लाउन दिनै पर्यो । बृद्धेकालको आमाबाबु छन् उहाँहरुलाई पाल्नै पर्यो । छोरा भएर जन्मेपछि अनेक झन्झट छ । त्यो झन्झट व्यहोर्नु पर्यो । त्यसैले गर्दा दशैं, तिहार, मेलापर्व आएता पनि दशैं तिहार भएता पनि आँसुको धारा खसाल्दै घर छाड्नै पर्यो । यो हामीलाई बाद्यता छ विवशता छ आफ्नो जन्मभूमि, कर्मभूमि छोड्नलाई ।
बाँचेको मान्छेले दशैं, तिहार, मेलापर्व खुसीले मनाउँछन् । हामीलाई त खुसीले होइन, दुखमा आँसुको धाराले मनाउँनु पर्छ । दशैंमा मान्यजनबाट, आमाबाबुबाट टिका थाप्छन्, आसिरबात माग्छन् । निधारभरि सेतो टिका, गलाभरि जमराको माला लगाएर हिड्छन् । म सानो छदा मैले लगाएको टिका र जमराको माला सम्झिदा कति खुसी लाग्छ । ती खुसीहरु सधैको लागि खोसिएछन् हाम्रो लागि ! जसै आपूmमाथि पर्यो, आइ–आफन्त गुमाइयो, आपूmभन्दा माथिका मान्यजन गुमाइयो घरको सबै व्यवहार आपूmमाथि आयो । जब व्यवहार आपूmमाथि आयो सबै खुसीहरु खोसियो । कुनबेला खुसी हुने ? कुनबेला खुसी साट्ने यी समयले सधैको लागि नेटो काटेर गएछ । मिठोखाने, राम्रो लाउने भन्ने कुरा त आपूmभन्दा माथिका आमाबाबु हुँदाभरि रहेछ क्यारे जस्तो लाग्न थाल्यो ।
दशैं नहुने पनि घरमा रुदै आए । तर, उनीहरुलाई पनि बाद्यता छ , विवशता छ नआई–नहुने ! २०८१ साल असौज १०, ११, १२ को अविरल बर्षाको कारणले देशमा बाँढी, पहिरो, खोलानाला आएकोले निकै क्षति गर्यो । हेर्दाहेर्दै आमाको काख रित्तायो, सिरको सिंन्दुर पुछिदियो, आमाबाबु खोसिलियो, हिड्ने बाटो र बस्ने बास उजाड बनाई दियो । घर, खेत, बारी, पहिरोले खाइदियो, गाईभैसी, भेडाबाख्रा सबै बगाई दियो । ढिक, कान्लामा उभिदै आफ्नो ज्यान जोगाउदै छाती पिटीपिटी रुने सिवाय अरु केही उपाए लागेन । बाँढी, पहिरोले बगाई दिएर आमाबाबु वितेको, जहान–परिवार वितेको छोराछोरी गुमाएको त्यो हृदयको घाउँमा मलहम, पट्टी लगाई दिन त आउनै पर्यो । घरमा आएर हेर्नु के थियो र ? दु:खै देख्न आउनु थियो, देखियो, भयो, जीवनको एउटा नाटक सकियो ।
कालो कारमा चढेर हिड्ने नेताजीहरुलाई नत रोगलाग्छ नत अनिकाल लाग्छ तिनीहरुलाई ! खाएका छन् , मोजमस्ति गरेका छन् , सिधासाधा जनतालाई ठगेका छन् , ढाँटेका छन् । हिडेका छन् तिनको दिनचर्या वितेकै छ । नगरि खानु , नमरि जानु त हामीलाई गराएँ । आफ्नो व्यक्तिगत स्वार्थ पुर्ति नहुँदाभरि हामीलाई नानाभातिका हुने नहुने कुरा लगाएर हामीबाट भोट मागे । चुनाब पनि जिते । गाउँबाट राजधानी पसे । राजधानी पसेपछि कहिले गाउँ फर्केनन् । सुनिन्छ आजकल घट्टेकुलोमा नौतल्ले घर बनाएर बसेको छ रे ! नमस्कारभन्दा तिमी को हौ र भन्छ रे ! मैले अलि राम्ररी चिनेन भन्छ रे ! धनले त मानिसलाई त्यसरी उराल्दो रहेछ । संगै क्रान्तिमा हिन्दा, बन्दुक बोक्दा, संगै जंगल पस्दा, गाउँमा गएर सिस्नो र आटो खादाको दु:खको जीवन विर्सेछ । स्वार्थको भाँडो बोकेर हिडेको जीवन शायद सबैको यस्तै हुन्छ कि ?
कमेन्ट गर्नुहोस !