सोमवार, पुस २८, २०८२ | Monday 12th January 2026

प्रधानमन्त्री प्रचण्ड घाइतेको उद्धारमा सक्रिय



भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
घाइते तथा कुरुवाहरूको प्रधानमन्त्री सवार हेलिकोप्टरमार्फत सुर्खेत लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड भूकम्पले केन्द्रबिन्दु बनाएको जाजरकोटको स्थलगत अवलोकनपछि रुकुम पश्चिमतर्फ लागेका छन् । प्रधानमन्त्री प्रचण्ड मेडिकल टिमसहित शनिवार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । आफू प्रभावित क्षेत्रमा पुग्दा प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वागत नगर्न समेत भनेका छन् । गए राति गएको ६.४ म्याग्निच्युड कम्पनको भूकम्पबाट अहिले सम्म १३२ को मृत्यु र १४० घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top