
प्यूठान, संजोग ट्रेडर्स प्यूठानले पठन संस्कृतिको बिकासमा टेवा पुरयाउन सामाजिक भावनाको उच्च दृष्टान्त प्रस्तुत गरेको छ । 
नव बर्ष ०८० को अवसर पारेर शुक्रवार बिभिन्न बिधामा रहेका ब्यक्ति तथा ब्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । पछिल्लो समय पठन संस्कृतिमा आइरहेको ह्रासलाई ध्यानमा राखी नयाँ जागरण ल्याउन सन्देश दिने उदेश्यका साथ शुभकामना आदान प्रदान सहित सो सम्मान तथा पुुरस्कृत कार्यक्रम गरिएको हो ।
लेखन क्षेत्रमा ख्याती प्राप्त गरेका ब्यक्तित्व प्यूठानबाट निर्वाचित संघीय साँसद सुर्य थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लाको साहित्यिक आन्दोलनमा योगदान पुरयाउने बिशिष्ट ब्यक्तित्वहरु मोहन गिरी र गेहराज थापालाई सम्मान गरिएको थियो भने ८० बर्ष माथीका जेष्ठ नागरिक भिम बहादुर कवर, चुमलाल केसी, पदम बहादुर पुलामी, श्रीप्रसाद गोतामेलाई पनि दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यस्तै स्थानीय स्तरमा रहेका सामुदायिक तथा संस्थागत बिद्यालयबाट शैक्षिक सत्र ०७९ मा सर्वोत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई पनि शैक्षिक सामग्री र प्रमाणपत्र सहित पुरस्कृत गरिनुको साथै लोकसेवा तयारीमा रहेका बिद्यार्थीहरुलाई पनि उत्साह जगाउने उद्धेश्यले सामान्य ज्ञान दर्पण उपलब्ध गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुर्य थापाले संजोग ट्रेडर्सले थालेको यो प्रयासले नयाँ सन्देश दिएको बताए । उनले जिल्लाको पठन अवस्था देखि स्रष्टाहरुले पुरयाएको योगदानको सचित्र बर्णन गर्दै अव समय सापेक्ष भूमिका खेल्नु पर्ने सुझाव दिएका दिए
। मन्तब्यको क्रममा प्रमुख अतिथि थापाले अध्ययन बिनाको ज्ञानले समाज रुपान्तरण हुन नसक्ने भएकाले सकारात्मक सोंचका साथ समाज बदल्नका लागि दिमाग बदल्न जरुरी रहेको बताए । अर्को प्रसंगमा थापाले आफू जनताको न्यानो मतका साथ बिजयी भएकाले आफू हरदम प्यूठानी जनताको भावनामा जोडिएरै ५ बर्ष काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । यसैगरी बिशिष्ट अतिथि लुम्विनी प्रदेशका माननीय कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री तुल्सी शर्माले अर्काको कुरा काटेर ठूलो मान्छे बन्न खोज्ने प्रबृतिको अन्त्य हुनु जरुरी रहेको बताए । उनले अवका दिनमा सकारात्मक सोंंचका साथ बढ्नु पर्ने खाँचो औल्याए । यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोखरेल, साहित्य परिषद प्यूठानका पूर्व अध्यक्ष गेहराज थापा लगायतका बक्ताहरुले समकालीन युवा पुस्तामा पठन संस्कृतिको ह्रास हुँदै गइरहेकोमा चिन्ता ब्यक्त गर्दै यसको जिम्मेवार पक्ष केलाउनु पर्ने खाँचो पस्केका थिए । अहिले राजनीतिक संयन्त्रले माथी देखि हरेक क्षेत्रमा शुद्धताको अभियान थाल्नु पर्ने उनीहरुको सुझाव थियो ।
प्यूठानको सामाजिक जागरणको अभियानमा निरन्तर क्रियाशील ब्यक्तित्व अर्जुन कुमार कक्षपतिले अन्य भूमिकासंगै बिगत ३ दशक देखि पुस्तक तथा पत्रपत्रिकाको ब्यवसाय गरेर शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आउँदा गर्दा पहिलो पटक यो मोडलको कार्यक्रम गरेका हुन् ।कार्यक्रममा उपस्थित राजनीतिक ब्यक्तित्व, शिक्षाप्रेमी, बिभिन्न बिद्यालयका प्राचार्य तथा प्रिन्सिपल, संचारकर्मी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार सवैले कार्यक्रमले दिएको सन्देशप्रति उत्साहित हुँदै उच्च प्रशंशा समेत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका कक्षपतिले भूपेन्द्र सुबेदीको मंंगला काब्य प्रकाशन देखि अन्य पुस्तक प्रकाशनमा गरेको सहयोगबारे पनि जानकारी गराइएको थियो । यस्तै कक्षपतिले आगामी दिनमा थालिने महत्वपूर्ण योजनाबारे पनि जानकारी गराएका छन् । कार्यक्रममा प्यूठानका श्रष्टाहरुद्धारा लिखित पुस्तकहरुको चिनारी स्वरुप ब्यानरमा प्रदर्शन गरिएको थियो । कार्यक्रममा संजोग टेडर्सकी प्रो. मुना कक्षपतिले स्वागत गरेकी थिइन भने शिक्षाप्रेमी ब्यक्तित्व चन्द्रकान्त पोखरेलले संचालन गरेका थिए । नव बर्षको पहिलो दिनमा गरिएको कार्यक्रममा दिनभर पुस्तकहरु अध्ययनका लागि प्रदर्शनीमा राखीएको थियो ।
।
कमेन्ट गर्नुहोस !