मङ्लबार, जेष्ठ १९, २०८३ | Tuesday 2nd June 2026

आम प्यूठानीका कर्णप्रिय नेता : कृष्ण अधिकारी


May be an image of 3 people, people standing and outdoors
कृष्ण कुमार अधिकारी आसन्न मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभाका उमेदवार । आम प्यूठानी जनताको मन मनमा प्रकाशका नामले परिचित अधिकारीलाई यतिवेला जनताको घर घरमा पुग्न भ्याई नभ्याई छ । बाम लोकतान्त्रिक गठबन्धनको प्रतिनिधित्व गर्दै प्यूठान क्षेत्र नं १ बाट चुनावी मैदानमा होमिनु भएका उहाँलाई कतिपयले यो प्रकाशका लागि बिजयी घोषणा गर्न प्राबिधिक पक्षमात्र बाँकी छ भनेर पनि सामाजिक संजालमा अभिब्यक्ति दिन थालेका छन् । आखिर चुनाव न हो बढी हौसिने पक्ष एकातिर होला तर अहिलेको राजनीतिक बजारमा कृष्ण अधिकारीप्रति देखिएको सहानुभूति र सदभाव हेर्दा उनी भारी मतान्तरले बिजयी हुने कुरामा कुनै शंका देखिन्न । किनकी यस पछाडि उनमा ठूलो राजनीतिक त्यागको इतिहास जोडिएको छ । बिचारको आलोकमा उनमा रहेको दृढताप्रति बिश्वास थपिएको छ ,जागेको छ । उनका अगाडि बिगतमा संगै काम गरेको प्रतिष्पर्धी भएपनि उनको कम्यूनिष्ट आन्दोलनप्रतिको स्पष्ट बुझाई र दृष्टिकोणले गर्दा उनका अगाडि खेलिने जतिसूकै षडयन्त्र र प्रपन्चलाई प्यूठानी जनताले राम्रोसंग झापड दिने अहिेलेको माहोलले स्पष्ट गरिसकेको छ । एकातिर उनीप्रतिको बुझाई अनि अग्रगमन पक्षधर शक्तिहरुबीचको गठबन्धनले उनी बिजयीको ढोकामा झन निश्चित भई उभिएका छन् । छ त अव केवल प्राबिधिक पक्ष मात्र ।
बिगतमा केपी ओली नेतृत्वको सरकारले नीति अनुसार नेतृत्व बहन गर्न नसक्दा उत्पन्न राजनीतिक परिस्थितिले अहिलेको चुनावमा एकातिर एमाले अध्यक्ष ओलीको नेतृत्वमा प्रतिगामी राजाबादी शक्ति सहितको तालमेल छ भने अर्कोतिर राजनीतिक उपलब्धिको रक्षार्थ उभिएका प्रमुख राजनीतिक शक्तिहरुले चनावमा पनि आफ्नो गठबन्धनलाई कायम राख्दै चुनावी गठबन्धन गरी प्रतिगमनकारी दृष्टिकोण अंगालेका शक्तिहरुलाई एकल्याउने उदघोषका साथ कांग्रेस माओबादी एकीकृत समाजबादी र राजमो लगायतका अग्रगमनकारी बाम लोकतान्त्रिक शक्तिहरु चुनावी गठबन्धन बनेको छ । एजेण्डाका दृष्टिले २ थरी बिचार राख्ने शक्तिहरुको बीचमा चुनावी प्रतिष्पर्धा छ यतिबेला मुलुकमा । यो कोर्षमा प्यूठानमा संघीय तर्फ राजमो नेतृ दुर्गा पौडेल हुनु हुन्छ भने २ नं प्रदेशमा कांग्रेसका युवा नेता रोज राणा छन् । बिगतका मत र प्यूठानको राजनीतिक सचेतना हेर्दा गठबन्धन पक्षको बिजयी हुने बलियो संभावना त छँदैछ । दिन बित्दै जाँदा देशभरको बातावरणले जिल्लाको माहौल झन केन्द्रित हुँदै गएको छ र बिपक्षीका अनेक खाले भ्रम तुहिंदै गएको छ ।
हो, यै सेरोफेरोमा माओबादी पार्टीभित्रबाट बिवादरहित ढंगले १ नं प्रदेशमा सिफारिश भई चुनावी मैदानमा होमिएका कृष्ण कुमार अधिकारीको बिगत देखिको त्याग र समर्पणप्रति आम प्यूठानी सर्वसाधारण नागरिकले अहिले त्यो प्रकाश भनेको राजनीतिमा दुख पाएको मान्छे हो, धेरै त्याग गरेको इमान्दार हो भनेर अहिले चिया पसलदेखि खेतवारी, पानी पँधेरो लगायत जताततै भइरहेका सकारात्मक चर्चा र लेखोजोखोले अवसर आउछ पर्खनु पर्छ भन्ने कुराको गतिलो उदाहरण बन्दैछन् कृष्ण कुमार अधिकारी प्रकाश ।

बिसं २०२६ साल जेष्ठ १२ गतेका दिन माण्डवी गाउँपालिका १ तिराममा बुवा नारायण प्रसाद अधिकारी र आमा कलादेवीको कोखवाट जन्मिएका ४ भाई र १ दिदी अनि १ बहिनी मध्येका साइला सुपुत्र हुन कृष्ण कुमार अधिकारी । अखिलको बिद्यार्थी संगठनमा जोडिएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका अधिकारी २०४२ सालमा गणेश माबि तिराममा बिद्यार्थी संगठनको इकाई अध्यक्ष भए त्यो उनको पहिलो सांगठनिक आबद्धता हो । तत्कालीन समयमा बिद्यार्थी आन्दोलनका केन्द्रिय स्तरका जुझारु नेताहरु कृष्ण ध्वज खड्का, कृष्ण सेन इच्छुक र मणि थापाबाट कम्यूनिष्ट राजनीतिमा प्रवेश गर्न प्रेरणा मिलेको बताउने उनी राजनीतिक यात्राको साढे तीन दशकको कोर्षमा कुशल संगठनकर्ताको रुपमा चिनिन्छन् ।
इतिहास खोतल्दै जाँदा अखिल बिद्यार्थी संगठन अनेरास्वबियू दशौं २०४२ साल पछाडि मोहन बैद्यले नेतृत्व गर्नु भएको नेकपा मशालको जनबर्गीय संगठनको रुपमा लिइन्थ्यो । त्यस ताका बिद्यार्थी संगठनमा आबद्ध रहेर काम गर्दै आउदा ०४७ सालमा महेन्द्र बहुमुखी क्याम्पस दांगको इकाई अध्यक्ष त्यसपछि ०४८ सालदेखि ५० साल सम्म बिद्यार्थी संगठन प्यूठानको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरे । ०४५ सालमा कृष्ण सेन र कृष्ण ध्वज खड्काबाट कम्यूनिष्ट पार्टीको सदस्यता लिएका उनी ०५२ सालदेखि नै होल टाइमर कार्यकर्ताको रुपमा रहेर काम गरे । जिल्लाको कुशल संगठनकर्ताको रुपमा भूमिका खेल्दै आएका कृृष्ण अधिकारी २०५६ मा नेकपा माओबादीको जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा पुगेका थिए । बर्ग पक्षधरता र राजनीतिक दृष्टीकोणमा स्पष्ट भिजन भएका कृष्ण अधिकारी सशस्त्र आन्दोलनताका शत्रु पक्षबाट बच्ने र पार्टी नेता कार्यकर्ताबाट मात्र चिनिनको लागि प्रकाश उपनामले चिनिन थाले । देश र जनताको मुक्ति आन्दोलनमा साँच्चिकै प्रकाश छर्न आफ्नो नाम पनि प्रकाश राखेका अधिकारीले प्राप्त गरेका राजनिितक जिम्मेवारी पुरा गर्दै आउने क्रममा रोल्पा रुकुम आधार इलाकाको सांगठनिक जिम्मेवारी हुँदै ०५८ सालमा रोल्पा, रुकुम प्यूठान दांग बाग्लुग, सल्यान र अर्घाखाँचीलाई समेटेर बनाइएको बिशेष क्षेत्रको सचिवालय सदस्यको जिम्मेवारी पुरा गरे । जहाँ अप्ठयारो छ, साँगठनिक कामको चुनौति छ त्यसैमा उनी पार्टी नामले चिनिने प्रकाशको खोजी हुन्थ्यो । यस प्रक्रियामा प्यूठानबाट ०५९ मा पार्टी बिशेष क्षेत्र कृषि सहकारी बिभागको प्रमुख हुँदै ०६२ मा प्यूठानको पार्टी सेक्रेटरीको जिम्मेवारी सम्हाल्न आइपुगे यस पछि उनले ०६८ मा माओबादीको जिल्ला अध्यक्ष, ०७१ मा पार्टी पोलिट ब्यूरो सदस्य, ०७५ मा नेकपाको जिल्ला सचिव र ०७८ चैत्र २४ देखि उनी नेकपा माओबादी केन्द्रको लुम्विनी प्रदेशको सचिवको जिम्मेवारीमा छन् । राजनीतिक आन्दोलनको लामो कोर्षमा सांगठनिक निर्माण र जनपरिचालनमा नै केन्द्रित भएका प्रकाशले धेरै कष्ट र चनौति बेहोरेर यो घडी सम्म आइपुगेका हुन । राजनीतिक प्रबेशको प्रारम्भमातिर २०४५ मा उनले जेल जीवन भोगे, १ महिनापछि १५५० धरौटीमा जेलमुक्त भए । ०५६ मा जतिबेला सशस्त्र संघर्ष उत्कर्षमा पुग्दैथियो त्यतिबेला संगठन निर्माणकै शिशिलामा सेना र प्रहरीको घेराबाट उम्केरा ज्यान जोगाए , रोल्पाको थवांंगमा रातको समयमा हिंउमा धसिए तर टाउको उठाउन सफल भए ।
उनको राजनीतिक पृष्ठभूमि हेर्दा माओबादी आन्दोलनको मूलप्रबाहको धारबाट कहिले पनि बिचलित नभएको देखिन्छ ०६९ मा मोहन बैद्यको नेतृत्वमा पार्टी बिभाजन हुन पुग्यो । त्यसैगरी ०७२ मा पार्टीभित्रका प्रभावशाली ब्यक्तित्व बावुराम भटराई पनि प्रचण्ड नेतृत्वको मुल प्रवाहबाट अलग्गिए । उनी नयाँ शक्ति निर्माणको कोर्षमा लागे । बावुराम भटराई भन्दापनि बिशेषगरी मोहन बैद्य अलग्गिएका बेला प्यूठानबाट तत्कालीन माओबादी आन्दोलनबाट हुर्किएका नेताहरु धनेश्वर पोखरेल, नारायण अधिकारी, दिपक केसी , कृष्ण ध्वज खड्का, मणी थापा लगायतका केही नेताहरुले पनि प्रचण्डको राजनीतिक लाइनको साथ छोडे । यद्यपी अहिले समयको समिक्षा गर्दै कृष्णध्वज खडका, नारायण अधिकारी पुनः प्रचण्डको लाइनमा जोडिएर राजनीतिक निर्णय तहमा छन् भने दिपक केसी र धनेश्वर पोखरेल भने कम्यूनिष्ट आन्दोलनको सिद्धान्तको रक्षार्थ नाम दिएर संसदिय राजनीतिक कोर्षबाट टाढा रहेको देखिन्छ भने राजनीतिक उतारचढावमा देखिने मणी थापाले भने आफ्नो नाम मात्र होइन साँच्चिकै आफ्नो क्रान्तिकारी राजनीतिक स्प्रिटमा कमाएको मणीत्व गुमाउँदै केपी ओलीले नेतृत्व गरेको कम्यूनिष्ट पार्टी एमाले क्याडरको तहमा बसेर काम गरिरहेका छन् । पाटीृमा देखिएका अनेक खाले टुटफूट र आरोह अवरोह अनि स्वार्थको खेलबाट टाढा रहेर निष्ठापूर्वक राजनीतिक आन्दोलनमा लागेका प्रकाशले आफ्ना अग्रजहरुले पार्टी छा्ेड्नुलाई राजनीतिक जीवनको दखद क्षणको रुपमा लिन्छन् प्रकाश ।
अहिले अधिकारी जो पार्टी नाममा प्रकाशले चिनिन्छन् । उनी राजनीतिक परिबर्तनको आन्दोलनमा राजतन्त्र अन्त्य देखि बृहत शान्ति संझौता हुँदै नयाँ संबिधान निर्माणका घडी सम्म आउदा उनमा आफ्नो लगानी प्रति खुशी छ तर अहिले अझैपनि ब्यबस्था बदलियो तर आधारभूत बर्गको अबस्था बदलिन नसक्नुमा उनमा चिन्तन छ । छटपटी छ उपलब्धि प्राप्त गर्ने प्रक्रियामा कैयन सहिद, बेपत्ता र अपांगहरुले मुक्तिको अनुभूति गर्न सकेका छैनन् । यो बेला उनी भन्छन अव आर्थिक क्रान्तिको खाँचो छ,। शिक्षालाई सीपसंग सीपलाई प्रबिधिसंग अनि प्रबिधिलाई उत्पादनसंग र उत्पादनलाई रोजगारीसंग जोड्ने गरी भूमिका निर्वाह गर्नुपर्नेमा अवको मूल खाँचो रहेको उनको निष्कर्ष छ ।
शिक्षामा प्रबिणता प्रमाण तह सम्म उतिर्ण गरेका प्रकाशले पाटीमा अहोरात्र खटिनुपर्ने प्रक्रियामा पार्टी कामको कारणले सहज बसाईको खोजी क्रममा ०६९ साल देखि प्यूठान नगरपालिका ४ जुम्रीमा बसोवास गर्दै आएका छन् । राजनीतिक आन्दोलन २०५६ कैशलशिलामा पार्टी क्याडर उमा कुमारी शर्मासंग बैवाहिक जीवनमा बाँधिएका थिए । श्रीमती उमा पनि अहिले राजनीतिक भूमिकामै केन्द्रित हुनुहुन्छ । हाल अधिकारीका २ छोरी र १ छोरा छन् ।
परिबर्तनको आन्दोलनमा निष्ठापुर्वक स्वार्थ रहित ढंगले भूमिका खेल्दै आएका कारण उनले यसपाली निर्वाचनमा होमिनुले जीतमा सहजता त छ नै जनतामा पनि आशा जगाएको छ ।


कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top