सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

समानुपातिकतर्फ ६८ वटा निवेदन दर्ता


मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन विभिन्न ७६ दलका ६८ वटा निवेदन परेका छन्।
निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यमा पनि विभिन्न दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गराएका छन्।

जसमध्ये प्रदेश १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन परेका छन् भने मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन परेका छन्।

त्यस्तै बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेका छन्।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top