
सुशील पोखरेल,
नेपालको संसदीय इतिहासमा हुदै आएका निर्वाचन मध्ये यी पछिल्ला निर्वाचनहरुमागठबन्धनको संस्कृति बिकास हुन थालेको छ । ०७४ को निर्वाचनमा बाम गठबन्धन गरेका दलहरुहरुको बीचमा अहिले बिभाजनको रेखा कोरिएको छ । यो यस अर्थमा होकी आफ्नै पार्टीभित्रको आन्तरिक किचलोका कारण एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ –२ पटक संसद बिघटन गरेर ७ दशक लामो संघषर््ाबाट प्राप्त उपलब्धिलाई उखल्ने जुन धृष्टता प्रदर्शन गरे त्यसपछाडि राजनीतिक अधिकारलाई यो प्रतिगामी कदमबाट बचाउनका लागि ५ दलीय बामलोकतान्त्रिक शक्तिले सरकार संचालन देखि स्थानीय तह निर्वाचन हँदै यो आसन्न निर्वाचनका लागि समेत गठबन्धन गरेर जाने प्रतिबद्धता सहित तालमेलको कोर्षमा जुटेका छन । अबश्य नै यो गठबन्धनबाट हुने नेपालको भावी राजनीतिक रोडम्यापका लागि के कति सकारात्मक÷नकारात्मक प्रभाव पार्छ त्यो भोलीका दिनमा समिक्षा हुँदै जानेछ । तर आसन्न मंसिर ४ को निर्वाचनमा केन्द्रित भई ५ दलीय गठबन्धनले आफ्नो एकमना एकता सहित साझा उमेदवार तय गर्ने प्रक्रियामा जसरी लागेका छन् । यसको छिनोफानो गर्न स्वभाबिक रुपमा कैयन जटिलता छन् । तथापी सार्थक निष्कर्षतिर प्रवेश गरिेरहेको यो तालमेलको कोर्षले परिबर्तनकामी शक्तिहरुको बीचमा आशाको संचार गरेको छ । संगै एकपछि अर्को चासो पनि जगाउदै लगेको छ ।
आसन्न निर्वाचनको यो घडीमा गठबन्धनभित्र रहेका कांग्रेस, माओबादीकेन्द्र, एकीकृत समाजबादी, जसपा र राजमो नाम गरेका दलहरुको बीचमा भागबण्डाको कसरत हुँदैगर्दा दलको भागबण्डा, दलले प्राप्त गरेका स्थानमा गुट तथा स्वार्थ समुहको प्रभाव जस्ता पक्ष र कारणले नेताहरुले जसरी बोलिरहेका छन् तर ब्यवहारमा लगेर अपेक्षाअनुरुप उपलब्धिको बिन्दुमा पुरयाउन सकस नै छ । अझ यसमा अहिले प्यूठानको बिषय अलि पेचिलो बनेको अनुभूति हुन थालेको छ । मुलतः ५ दलीय गठबन्धन मध्ये सांगठनिक रुपमा खुम्चिदै गएको जसले प्यूठानलाई प्रमुख आधार क्षेत्रको बुझ्दै आएको छ । त्यो शक्ति भनेको राजमो हो । राजमोको सिट ब्यबस्थापनको बिषय नै पेचिलो छ यतिबेला प्यूठानका लागि । त्यसो त राजमोले संघीय तर्फ आफ्नो औकात अनुसार नै बढीमा २ सिट माग राखेको छ । यो उसले देशभरको सांगठनिक हैसियत अनुसार गरिएको दावी प्रस्तुतलाई न्यायोचित मान्न सकिन्छ । यसका लागि मोहन बिक्रम सिंहले प्रधानमन्त्री देउवा र प्रचण्डसंग अनुनय बिनय जसरी गरिहेका छन् । शिर्ष नेतृत्व तहले प्यूठानमा राजमोलाई ग्रिन सिग्नल दिएको बुझिन्छ । फेरि पनि दुर्गा पौडेल उठ्ने गरी जव ग्रिन सिग्नलको रिफलेक्ट प्यूठान प्रबेश गरेको छ । जनमानसमा राजमोप्रतिको बुझाइमा आम असन्तुष्टिका स्वर उठेका छन् । संघीय तहमा गठबन्धनतर्फ राजमोबाट हुने उमेदवारीलाई स्वीकार गर्न नसकिने गठबन्धनदलभित्रका कार्यकर्ता देखि आम सचेत जनमानसमा यो बिषयले ब्यापक चर्चा पाएको छ । पछिल्लो स्थानीय तहको निर्वाचनको म्यान्डेटले पनि राजमो चौथो स्थानमा ओर्लेको छ । राजमोबाट दैनिकी कुनै न कुनै कार्यकर्ताबाट पार्टी छोड्ने क्रम जारी छ । अर्कोतिर ०७४ सालमा बाम गठबन्धनबाट बिजयी बनेकी दुर्गा पौडेलको यो ५ बर्षीय कार्यकालको कामको हिसाव किताव र लेखोजोखोको चर्चाले नै बजारमा गफको मसला बनेको छ । दुर्गा पौडेलका घोषणापत्र कुन कुनामा थन्किए यी अबधिमा ? उनले आफ्नो कार्यकालमा जिल्लास्थित गठबन्धन दलभित्र कति समन्वय गरेर काम गरिन ? मिडियाकर्मीसंग कति जोडिइन ? संघसंस्था तथा अन्य आम नागरिक समाजसंग उनको समन्वय र काम गर्ने तरीकामा के कति पहल रहयो ? हो चुनाव पूर्व जति काम आटिन्छ त्यति काम पुरा हुदैनन् पनि तर दुर्गा पौडेलले यहाँका सचेत नागरिक समाज, बुद्धिजीवी बर्ग लगायतसंग उनले पहल गरे नगरेको कुनै खाका या चित्रबारे जानकारी भयो ? यी यावत बिषयमा चोक चोकमा, टोलटोलमा कुरा उठेका छन् । यी पाटा पक्ष हेर्दा राजमोको पक्षमा सकारात्मक संदेश प्रवाह नहुनु भनेको अबश्य नै दुखद कुरा हो । यता राजमोको बुझाईमा गठबन्धनको आडमा जितिन्छ र साख बचाउन सकिन्छ भन्नेछ । तर हिजोको परिस्थिति भन्दा अहिलेका जनतामा ब्यापक परिबर्तन आएको छ । चेतनास्तर बदलिएको छ । केन्दिय सत्तामा पहँुच पुरयाएर जिल्लाको लागि केही गर्न सक्ने कुशल छवी भएको ब्यक्तिको प्रतिक्षामा प्यूठानी छन् । किनकी यो चुनाव आगामी ५ बर्षका लागि जिल्लालाई बिकासको सन्दर्भमा कुन दिशामा मोड्ने भाग्य फैसला गर्ने पीरियड पनि हो यो । शुन्य भूमिकामा रहेका ब्यक्तिलाई फेरिपनि संसदमा पुरयाउने भनेको प्यूठानलाई अझै पछाडि धकेल्ने काम हो भन्ने स्वर जसरी उठेका छन् त्यसैले यो बेला गठबन्धन दलले गहिरो अध्ययन नगरी ब्यक्ति खडा गर्दैमा बिजयी हासिल गरिन्छ भन्ने कुरा मिथ्या परिकल्पना मात्र हो । यदी यो गठबन्धनले प्यूठान र प्यूठानबासीको मनोबिज्ञानलाई बुझन् सकेन भने भोली मंसिर ५ गतेपछाडि यसो गरेको भए हुने रहेछ उसो गरेको भए उने रहेछ भनेर सपना देख्दै प्रायश्चित गर्ने भन्दा केही हुने छैन ।
यसर्थ, गठबन्धनमा आबद्ध शिर्ष नेतृत्व तहले प्यूठानको मनोबिज्ञानलाई बुझ्न जरुरी छ । माथीबाट तल कोरा नजरले हेरेर हुदैन । १ सिट त हो चित्त बुझाई दिउँ भन्ने कृपाभावले सोचेर परिणाम हात लाग्ने बेला अहिले छैन । दलभित्रका नेताहरुको बिकृत ब्यवहारले स्वतन्त्र ब्यक्तिहरुले समेत प्रभाव जमाउन खोजीरहेको बेला हचुवा ढंगले निर्णय लिइयो भने त्यो अबश्य नै घातक हुने छ । ५ दलीय गठबन्धनभित्र रहेको राजमोलाई सुरक्षित रुपमा अवतरण गर्नका लागि बैकल्पिक ब्यबस्था गर्नेतर्फ ध्यान दिनै पर्छ । राजमो नेतृत्वले पनि आफ्नो पछिल्लो धरातलको अध्ययन गर्न जरुरी छ । संघीय बाहेक अन्य बिकल्पमा जाँदा भोलीका लागि पनि राजमोको साख बच्न सक्छ । यसैमा अर्कोतिर राजमो बाहेक बिगतमा टेष्टेडहरुले प्यूठानको लागि के गरे ? यसैमा अहिले चर्चामा आएका एक हेभीवेट ब्यक्तित्व बामदेवको नाम पनि चर्चामा छ । उनलाई पनि ०७० सालको निर्वाचनको बेला प्रतिबद्धता गरिएका ३४ बुँदे योजना सर्लक्कै भूलेको, ०७४ मा प्यूठान छोडेर बर्दिया हान्निएको, अडान नभएको नेता, नेकपा टुक्रयाउन मुख्य भूमिका खेलेको जस्ता कुराले जसरी आलोचनात्मक चर्चा पाएको छ । बामदेवले प्यूठानबाट लड्ने पूर्ण तयारी हो भने यो बिषयले जसरी खेदेको छ, यसको पनि चित्तबुझ्दो जवाफ प्यूठानीका अगाडि इमान्दारितापूर्वक राख्नै पर्छ । त्यसैले गठबन्धनले प्रदेश तहका २ स्थान र संघीय तर्फको १ सिट जित्नका लागि प्रभावशाली ब्यक्तिको खोजी गर्नैपर्छ । जिल्ला तहका नेताहरुले म र आफू भन्ने स्वार्थी भावनलाई त्यागेर यथार्थ अवस्था नै केन्द्रमा पुरयाउनु पर्दछ । पछि पछुताउने कि बेलैमा बुद्धि पुरयाउने यो शिर्ष नेताकै हातमा छ ।
कमेन्ट गर्नुहोस !