मङ्लबार, जेष्ठ १९, २०८३ | Tuesday 2nd June 2026

अनुगमनका कमजोर अभ्यास


 हाम्रो एकता, सम्पादकीय,

कुनैपनि क्षेत्र, ब्यवसाय वा निकायबाट भएका गतिबिधि वा कमजोरी जाँच्ने र सुधार ल्याउन प्रेरकको भूमिका खेल्ने कार्य हो अनुगमन । नेपालमा अनुगमनको अभ्यास र प्रयोग धेरै पहिलेदेखि हुँदै आएको छ । अनुगमनको नाममा उल्लेख्य मात्रामा रकम खर्च हँदै आएका छन् । तर अनुगमनले अपेक्षा गरेको सुधार भने पटक्कै भएको देखिदैन । निरन्तरताको अभाव हो या परम्परागत मोडालिटी हो । हात्तीको देखाउने देखाउने दाँत जस्तै अनुगमनको अभ्यास हुन पुग्दा अनुगमनबाट जे अपैक्षा गरिएका छन् यसले भने जस्तो खोजे जस्तो सार्थक उपलब्धि हुन नसक्दा सुधारात्मक पक्षमा चित्तबुझ्दो अवस्था देखिएको छैन ।
बास्तवमा अहिले यतिबेला अनुगमनमा भएका कमजोर अभ्यासहरुले लुट्नेहरुले लुटेके छन् । लटिनेहरु लुटिएकै छन् । बेथितिका उदाहरणहरु छरपष्ट छन् । बजारमा कालो बजारी देखि म्याद गुज्रिएका देखि चर्को मुल्ने लिने प्रबृतिले संस्कारको रुप लिन थालेको छ । यातायात क्षेत्रमा जथाभावी भाडा असुल्ने आम नियति बनेको छ । टाफिक निगरानी मौका छोपेर गोजी भर्ने खेलो बनेको छ । मेडिकल देखि शैक्षिक क्षेत्रमा समेत माफियाहरुको मनमौजी छ । यता सरकारी कामकाजमा कतिपय सेवा प्रदायक निकायहरुको भूमिकामा ढिलासुस्ती देखि समयमा कर्मचारी कार्यालयमा उपस्थिति नहुने समस्या, कमिशन तथा घुष लिने कतिपयमा आदत नै बसिसकेको छ । कतिपय सामान्य काम पटयाउन सोर्सको खेती यो मुलुकमा नियती जसतै बनेको छ यसबाट हेर्दा के राज्यको उपस्थिति छ ? राज्यको प्रतिनिधित्व गर्ने स्थानीय प्रशासनले जवाफदेही भएर काम गरिरहेको छ । जनताको मत लिएर निति निर्माण तहमा पुगेका जनप्रतिनिधिहरुले इमान्दारितापूर्वक भूमिका खेलिरहेका छन् । ब्यवहारमा देखिएको कठिन भोगाईहरुले लोककल्याणकारी भनिने बर्तमान राज्यबस्थाको उपहास भइरहेको अनुभूत हुन थालेको छ ।
यसर्थ , अहिेलेको अवस्थामा सुशासनका पक्ष कमजोर भइरहेको छ । राज्यले यो कुरालाई स्वीकार्नै पर्दछ । अवसथालाई बुझेर जिम्मेवार भूमिका प्दर्शन गनुृ जररी छ । सेवा प्रदायकहरुले मुखमा राम राम बगलीमा छुरा जस्तो ब्यवहार होइन कि यहाका हरेक पक्षमा सुधार ल्याउन अनुगमन पक्षलाई कडाईको रुप दिनु जरुरी छ। कहिलेकाँही सदरमुकाम या शहर बजारका आसपासमा अनुगमन गरे जस्तो नांग्लो ठटाएर हात्ती तर्साए जस्तो होइनकि जनताको संबेदनशीलताप्रति जिम्मेवार बनेर भूमिका देखाउनु जरुरी छ । अन्यथा बेथितिको जालो भोली नियन्त्रण बाहिर जाने कुरामा २ मत छैन । त्यसैले सरकारी निकायको कानमा घण्टी बजोस भन्ने हामीलाई लाग्दछ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top