नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एउटै घोषणा पत्र र एउटै चुनाव चिह्न प्रयोग गरेर जाने सहमति भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भएकाे छलफलमा माैखिक सहमति भएकाे हाे ।सोमबारसम्म लिखित समझदारी बनाइने नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
त्यसअघि दुवै दलले आ-आफ्नो दलमा छलफल गर्ने र औपचारिकता दिनेछन् । त्यसपछि उनीहरु निर्वाचन आयोगमा दल दर्ताका लागि जानेछन् ।निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ ।
माओवादीले प्रयोग गर्दै आएको ‘गोलाकारभित्रको हँसिया हथौडा’ दुबैकाे चुनाव चिह्न हुनेछ । भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीले निर्वाचन आयोगबाट मान्यता पाएको चुनाव चिह्न भने आँखा छ ।मंसिर ४ मा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुँदैछ ।
कमेन्ट गर्नुहोस !