मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

प्युठानको झिमरुक चिनाउन ‘झिमरुकतिर’ कला प्रदर्शनी सम्पन्न


अनुज पछाई,प्युठान – प्युठानको झिमरुक गाउँपालिकाका मौलिक र ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले काठमाण्डौमा कला तथा तस्बिर प्रदर्शनी सम्पन्न भएको छ ।
झिमरुकको गौमुखी गुफा, तुषाराको रक गार्डेन, ओखरकोट, काउछे दरबार लगायतका सम्पदा, झिमरुकफाँट, स्थानीय शैलीका घर र गाउँ तथा मौलिक पोसाक लगाएका वृद्ध–पुराना व्यक्तिलाई समेटेर तयार पारिएका कला र तस्बिर काठमाण्डौको आर्ट काउन्सिलमा प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा एक्रेलिक रङ्ग, काष्ठ प्रिन्ट कला, फोटोग्राफी र आलोक चित्रमा १० जना कलाकारले तयार पारेका कला र तस्बिर राखिएको थियो । चित्र तथा तस्बिरमा झिमरुकको सुन्दरता, प्राकृतिक, सांस्कृतिक, सामाजिक, मानवीय तथा वास्तुकलाका विविध विषयलाई उतारिएको छ ।
प्रदर्शनीमा राखिएका कला र तस्बिर कलाकारहरूले कलाकृति सङ्ग्रहालयका लागि झिमरुक गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको छ । झिमरुकमा लोप हुँदै गएको कला, संस्कृति, चाडपर्व, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदालाई संरक्षण गर्नका लागि गाउँपालिकाको संयोजनमा प्रदर्शनी भएको हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top