सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता


 

पद रिक्त भएको साढे दुई वर्षपछि प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढेको छ ।

प्रतिनिधि सभा सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलबीचको राजनीतिक समझदारीपछि सभामुख अग्निप्रसाद सापकोटाले हिजो चुनावी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएपछि सचिवालयले तालिका सार्वजनिक गरेको हो । आजै उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

कार्यतालिकाअनुसार भोलि दिउँसो तीन बजे बस्ने प्रतिनिधि सभामा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । एक जनाको मात्र प्रस्ताव परेमा निर्विरोध चयन हुनेछ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो ।

तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो । प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

यो व्यवस्थाअनुसार अब माओवादी केन्द्रबाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुनेछन् । प्रतिनिधि सभा चुनावको मिति घोषणाको तयारी भइरहँदा उपसभामुख चयनमा दलहरू सहमत भएका हुन् । यसअघि सङ्घीय संसदमा सभामुखमा कृष्णबहादुर महरा र उपसभामुखमा तुम्बाहाङ्फे निर्वाचित हुनुभएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top