सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

ओलीले विधेयक ल्याउँदा विराेध गरेर अहिले आफैँले ल्याउन मिल्दैन : शेखर काेइराला


unn.prixa.net

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकका सानेपा पुग्नुभएका नेता कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको हो । उहाँले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै त्याे विधेयक लैजानु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ओलीजीकाे पालामा संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउँदा कांग्रेसले यो गलत प्रक्रिया हो, याे ल्याउनु हुँदैन भनेकाे थियाे । आज फेरि आफैँले ल्याउन मिल्दैन ।’

नेता काेइरालाले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्न नहुने पनि बताउनुभयो । सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उहाँकाे भनाइ छ ।

हिजाे आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top