शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

स्वर्गद्वारीले सम्पूर्ण विद्यालयमा पठनपाठन सञ्चालन गर्ने


झइन्द्र भण्डारी
प्युठान,२ असोज ।
स्वर्गद्वारी नगरपालिका प्यूठानले यहि असोज ११ गते आइतबारदेखि नगरपालिका भित्रका सम्पूर्ण विद्यालयको पठनपाठन सञ्चालनमा ल्याउने भएको छ । आज असोज २ गते नगरप्रमुखको उपस्थितिमा बसेको विद्यालयका प्रधानाध्यापक तथा नगर शिक्षा समितिको बैठकले कोभिड १९ (कोरोना भाइरस) को सुरक्षाका मापदण्ड अपनाउदै सोही अनुरूप विद्यालय खोलेर विद्यार्थीको पठनपाठन सञ्चालने गर्ने निर्णय गरेको शिक्षा शाखाका प्राविधिक सहायक राम प्रसाद खड्काले जानकारी दिनुभयो ।
यही असोज ४ गते नगरका सम्पूर्ण विद्यालयका विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ तथा शिक्षक स्टाफहरूको संयुक्त बैठक बसि आआफ्ना विद्यालयको विद्यार्थी संख्या , संरचना , भौतिक पूर्वाधार लगाएतका कुराहरूलाई मध्यनजर गर्दै विद्यालयको क्षमता अनुसार सुरक्षाका मापदण्ड अपनाएर कुन दिन, कसरी ,कति कक्षाका लागि कति समय उपलब्ध गराउन सकिन्छ त्यसको औचित्यपूर्ण निर्णय गरि सोही अनुरूप विद्यालयको शैक्षिक कार्यक्रम अगाडी बढाउने निर्णय गर्न लगाउने र ६ गतेदेखि विद्यार्थीको घर दैलो कार्यक्रम गरि अभिभावकलाई सचेत गराई ११ गतेदेखि पठनपाठन सञ्चालनमा ल्याउने निर्णय भएको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,-“कुन विद्यालयले कुन प्रक्रियाबाट आफ्नो विद्यालयलाई सञ्चालनमा ल्याउने हो त्यसको जिम्मेवारी विद्यालयलाई नै दिईएको छ ।”

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top