सोमवार, असार १, २०८३ | Monday 15th June 2026

कोरोना अपडेट : प्युठानमा २ कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि


प्युठान, ४ भदौ ।
प्युठानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा झिमरुक गाउँपालिकाका २ जना कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विकास के सीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ४ जना पनि झिमरुक गाउँपालिका कै क्वारेन्टाइनमा रहेका छन् ।

गाउँपालिकाका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय शिल गर्ने या नगर्ने भन्ने विषयमा गाउँपालिकाको बैठक जारी रहेको स्वास्थ्य शाखा प्रमुख के सीले जानकारी दिनुभयो ।यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ जसमध्ये ३४२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top